अश्लिल वेबसाइट बन्द गर्नु समस्याको समाधान होइन : नायीका प्रियंका

सहयात्रा टिभी

काठमाण्डौं । असोज–१६, नायिका प्रियंका कार्कीले अश्लिल साईटमा प्रतिबन्ध लगाउनु समस्याको समाधान नभएको बताएकी छन् । सरकारले अश्लिल वेबसाइट बन्द गर्ने निर्णय गरिरहँदा चलचित्र ‘कथा काठमाडौं’ को प्रोमोशनको एक अन्तर्वार्तामा नायिका कार्कीले अश्लिल वेबसाइट बन्द गरिनु समस्याको समाधान नभएको बताएकी हुन् ।

देशमा पछिल्लो समय बलात्कार तथा यौनजन्य हिंसा बढेसँगै सरकारले अश्लिल वेबसाइटहरु बन्द गर्ने निर्णय गरेको थियो । ‘अश्लिल वेबसाइट बन्द गर्नु समस्याको समाधान होईन’ प्रियंकाले भनिन्, ‘आ–आफ्नो इच्छाको कुरा हो, मान्छेले चाह्यो भने सिडी, डिभिडीहरु किनेर पनि हेरिहाल्छ ।’

अश्लिल साइट बन्द गर्नाले अझ आपराधिक घटना बढ्नसक्ने प्रियंकाको भनाई छ । ‘अश्लिल साइट बन्द गर्नाले मानिसहरुमा झन् धेरै यौन कुण्ठा हुनसक्छ’ उनी भन्छिन्, ’त्यसले गर्दा झन् धेरै बलात्कार र यौनजन्य अपराध बढ्नसक्छ ।’ अश्लिल साइट बन्द गर्नु मात्र देशमा ब्याप्त बलात्कार तथा अन्य यौनजन्य अपराधको समस्या समाधान नहुने प्रियंकाको तर्क छ ।

प्रकाशित : 2 October, 2018

प्रतिक्रिया दिनुहोस्