केपी ओली प्रचण्ड माधव नेपाल एमाले


निःशुल्क आधारभूत स्वास्थ्य सेवा, अबको पाँच वर्षमा सबै नेपालीको पँहुचमा

सहयात्रा टिभी

काठमाण्डौं । असोज–१६, सरकारले निशुल्क आधारभूत स्वास्थ्य सेवा आगामी पाँच वर्षभित्र सबै नेपालीको पहुँचमा पुर्‍याउने लक्ष्य राखेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाल ६५ प्रतिशत स्वास्थ्य संस्थाले आधारभूत स्वास्थ्य सेवा निशुल्क प्रदान गर्दै आएको दाबी गरेको छ ।

आर्थिक वर्ष २०७९।८० सम्म यो बढेर शतप्रतिशत पुग्ने र सबै नेपालीले आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्न सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दीर्घकालीन योजनामा उल्लेख छ । मौलिक हक अन्तर्गत रहेको स्वास्थ्य अधिकारसम्बन्धी हक कार्यान्वयनका लागि बनेको जनस्वास्थ्य सेवा विधेयकले ऐनको रुप लिइसकेको छ ।

ऐनको व्यवस्थाअनुसार सबै नेपालीले निशुल्क स्वास्थ्य सेवा पाउँछन् । तर संसदको शिक्षा तथा स्वास्थ्य समितिमा सोमबार मन्त्रालयले पेस गरेको मन्त्रालयको दीर्घकालीन योजनामा आर्थिक वर्ष २०७९र८० सम्म शतप्रतिशत स्वास्थ्य संस्थाबाट आधारभूत स्वास्थ्य सेवा निशुल्क प्रदान हुने उल्लेख छ ।

प्रकाशित : 2 October, 2018

प्रतिक्रिया दिनुहोस्