केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पुरुष प्रवेश गर्न निशेध गरिएका मन्दिर

सहयात्रा टिभी

एजेन्सी । असोज–१६, भारतमा भएका केहि मन्दिरहरुमा पुरुष छिर्न पाउँदैनन् । उक्त मन्दिरहरुमा महिलालाई मात्र प्रवेश गर्न दिइन्छ । केरलाको अत्तुकल भगवती मन्दिरमा तिस लाख महिलाहरुले एकसाथ धार्मिक अनुष्ठान गरी गिनिज बुकमा नाम पनि लेखाएका छन् तर उक्त मन्दिरमा पुरुषहरु प्रवेश गर्न पाउँदैनन् ।

केरलामै रहेको चक्कूलाथुकावु मन्दिरमा पनि पुरुषहरुलाई प्रवेश निषेध छ । त्यहाँ नारीपूजा नामक वार्षिक अनुष्ठान हुन्छ । जुन अनुष्ठानमा पुरुष पुजारीहरुले १० दिनदेखि व्रत गरिरहेका महिला भक्तजनको पाउ धुन्छन् । नारीपुजाका बेला केवल महिलाहरुलाई मात्र मन्दिर भित्र जाने अनुमति हुन्छ ।

भारतको राजस्थानस्थित पुष्करमा रहेको ब्रम्हा मन्दिर विश्वको एकमात्र ब्रम्हा मन्दिर हो, जुन मन्दिरमा विवाहित पुरुषलाई प्रवेश निशेध गरिएको छ ।

भारतको तमिलनाडुस्थित कन्याकुमारी सहरमा रहेको भगवती मन्दिरमा विवाहित पुरुषलाई जान निषेध छ । केवल सन्यासी पुरुषहरु मात्र उक्त मन्दिरको ढोकासम्म जान पाउँदछन् । तर भित्र छिर्न भने पाउँदैनन् ।महाराष्ट्रको नासिकमा रहेको त्रयम्बकेश्वर मन्दिरको गर्भगृहमा पनि पुरुषहरुलाई जान निषेध छ ।

प्रकाशित : 2 October, 2018

प्रतिक्रिया दिनुहोस्