केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आजको राशिफल

सहयात्रा टिभी

काठमाण्डौं–१७,
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मेहनेतले गर्दा उपलब्धि हात पार्न सकिन्छ । विरोधिहरुले आफ्नो कमजोरिको फाइदा उठाउन सक्छन्, सतर्क रहनुहोला ।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )
विवादमा पर्न सक्ने सम्भावना बढि छ । शुभचिन्तकहरुको साथ र सहयोगले परिस्थिति अनुकुल बनाउन सकिनेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह)
आलोचकहरुले समस्यामा पार्न सक्छन् । विवादमा परिने हुँदा केहि दुख पाइने सम्भावना छ । स्वास्थ्यमा सुधार आउला । शैक्षिक क्षेत्रमा राम्रै उपलब्धि हाल लाग्नेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
परिस्थिति अनुकुल बन्नेछ । साचेको काम बन्छ । प्रतिष्ठित काम गर्न पाउने अवसर प्राप्त हुनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आम्दानिको स्रोत बढ्नेछ । चिताएको काम बन्नेछ । मिष्ठान्न भोजनको योग छ । यात्रा गर्दा ध्यान दिनुहोला । खानपानमा ध्यान दिनु जरुरी देखिन्छ ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मित्रता र प्रेमको सम्बन्ध कसिलो हुनेछ । परिस्थिति सहज बन्नेछ । अघिल्ला समस्याहरुको समाधान हुनेछ । नयाँ ठाउँबाट कामको अवसर आउन सक्छ ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते)
उच्च महत्वकाङ्क्षाले प्रगतिमा बाधा पु¥याउन सक्छ । साथीभाई बढ्नेछन् । मेहनेतले चिताएको काम बन्छ । आजको दिन समान्य रुपमा बित्नेछ ।

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
अफ्ट्यारो परिस्थितिको सामना गर्नुपर्ला । काममा सफलता मिल्नेछ । स्वास्थ्यको ख्याल राख्नुहोला । खानामा विशेष ध्यान दिनुपर्ला ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
काममा बाधा देखिनेछ । स्वास्थ्यमा समस्या पर्न सक्छ । आम्दानि कम हुनुको साथै खर्च बढ्ने देखिन्छ ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आँट र प्रतिभाद्वारा अरूलाई उछिन्न सकिनेछ। व्यापार र उद्योगमा फाइदा हुनेछ। व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द)
आर्थिक पक्ष सबल बन्नाले भौतिक साधन जुटाउन सफल भइनेछ। व्यापारमा मनग्गे फाइदा हुने समय छ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न हुन सक्छ । हिम्मत नगर्नाले काममा पछि परिन सकिनेछ ।

प्रकाशित : 3 October, 2018

प्रतिक्रिया दिनुहोस्