यू–१९ एसिया कपमा : नेपालको सान्त्वना जित

काठमाण्डौं । असोज–१६, यू–१९ एसिया कपमा नेपालले सान्त्वना जित हात पारेको छ । यूएईले दिएको २६९ रनको लक्ष्य अन्तिम ५ बल बाँकी छँदा ७ विकेट गुमाएर भेट्टायो ।
नेपालले पहिलो विकेट भने सस्तैमा गुमाएको थियो । त्रित्रराज दास मात्र ६ रनमा आउट हुँदा नेपालको स्कोर मात्र १५ रन थियो । रित गौतमसँग ३० रनको साझेदारी गरेका आशिफ शेखले तेस्रो विकेटका लागि सन्दिप जोरासँग ५९ रनको साझेदारी गरे । शेख ३५ रनमा आउट भए ।
रोहितकुमार पौडेलकोले जोरासँग ४९ रनको साझेदारी गरे । पवन शरार्फ ९ र अरुण ऐरी मात्र ४ रनमा आउट भए । सातौं विकेटका रुपमा आउट हुनु अघि रोहितले रासिद खानसँग ५३ रनको साझेदारी गरे । रोहित ९२ रनमा आउट हुँदा नेपाललाई जितका लागि ७ बलमा मात्र २ रन चाहिएको थियो । रसिद २७ रनमा नटआउट रहे ।
पहिलो विकेटका लागि पहद नवाज र अंश टन्डनले १५९ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।नन्दनकुमार यादवले टन्डनको विकेट लिएपछि भने यूएईका ब्याट्सम्यानरुले ठूलो साझेदारी गर्न सकेनन् । उसले ५० ओभरमा ८ विकेट गुमाएर २६८ रन बनाउको थियो । नेपालका नन्दन, रसिद खान र पवन शरार्फले समान २(२ विकेट लिए ।