केपी ओली प्रचण्ड माधव नेपाल एमाले


छालाको चमकदेखि कपाल मुलायम बनाउनसम्म उपयोगी एलोभेरा

सहयात्रा टिभी

काठमाण्डौं । असोज–१७, एलोभेरा जसलाई हामी घिउ कुमारी भनेर पनि चिन्ने गर्छौ । घिउकुमारीका अनेकौँ फाइदाहरु छन् । गाउँघरमा पनि स्वास्थ्यको लागी उपयोगी हुने भनेर यसको प्रयोग गर्ने गरिन्छ । साथै आगोले पोलेको ठाउँमा पनि यसको प्रयोग गरिन्छ ।

सौन्दर्य सामाग्रीहरुको निर्माणमा समेत यसलाई प्रयोग गरिएको हुन्छ ।आजभोली सौन्दर्य निखार्नको लागी बजारमा पाइने विभिन्न किसिमका हर्बल कस्मेटिक प्रोडक्टको रुपमा बजारमा एलोभेरा प्रयोग भएको जेल, बडि लोसन, हेयर जेल, स्किन जेल, स्याम्पु, साबुन, फेसियल फोम र ब्युटि क्रिममा पाइन्छ । आजभोलि यसको महत्व बुझ्दैँ जाँदा यसको व्यवसायीक रुपमा खेती गर्नेहरुको संख्यामा समेत वृद्धि हुँदै गएको देखिन्छ ।

घिउकुमारीको पातमा तरल पदार्थ हुन्छ। यसमा प्रोटिन र भिटामिन पाइन्छ। स्वास्थ्य र सौन्दर्य दुबैका लागि घिउकुमारीको प्रयोग फाइदाजनक मानिन्छ। यसमा भिटामिन ए, बि-१, बि-२, बि-६, बि-१२ र ई पाइन्छ । साथै यसमा फोलिक एसिड जस्ता पोषक तत्व हुन्छ । यसको जेलमा तामा, फलाम, क्याल्सियम, जिंक, पोटाशियम, क्रोमियम, म्याग्नेशियम जस्ता तत्व पाइन्छ ।

घिउकुमारी कपालको लागी उपयोगी

घिउकुमारीले कपाललाई बाक्लो र मुलायम बनाउँछ । घिउकुमारीमा हुने पोषण तत्वले कपाल बढ्न र र्झन नदिन सहयोग गर्छ। घिउकुमारी जेलमा कागतीको रस मिसाएर केसमा लगाउनुपर्छ । त्यसपछि २० मिनेट जति तातो तैलियाले कपाललाई लपेट्ने । अन्त्यमा मनतातो पानी र हल्का स्याम्पूले कपाल सफा गर्नुपर्छ । यो प्रक्रिया हरेक दुई हप्तामा दोहोर्‍याउनु पर्छ । यसले कपाललाई फाइदा गर्छ ।

छालाको सौन्दर्य बढाउनको लागी

घिउकुमारीमा जे तत्व पाइन्छ, त्यसले छालालाई हाइड्रेट राख्छ र पोषक तत्व पनि प्रदान गर्छ । यसले नयाँ कोशिकाको उत्पादनमा पनि भूमिका खेल्छ । अनुहारमा घिउकुमारीको जुस लगाउँदा त्यसले अनुहारलाई चम्किलो र मुलायम बनाउँछ ।

पेटको उपचारको लागी

घिउकुमारी पेटको स्वस्थ्यका लागि पनि लाभदायक हुन्छ । यसमा उच्च मात्रामा फाइबर पाइन्छ, जसले पाचन यन्त्रलाई चुस्त बनाउँछ । घिउकुमारीको रस कब्जियतको उपचारमा पनि प्रयोग गर्न सकिन्छ । कब्जियत भएको अवस्थामा घिउकुमारीको जुस पिउनुपर्छ ।

दाँत र गिजाको लागी उपयोगी

घिउकुमारीमा आफ्नो प्राकृतिक जीवाणुरोधी र रोगाणुरोधी गुण हुन्छ, जसले गिजा र दाँतलाई स्वस्थ्य तुल्याउँछ । यो विभिन्न प्रकारको भिटामिन र खनिजले भरिएको हुन्छ, जसले कोसिकाको विकासमा सहयोग गर्छ । त्यही कारण गिजाबाट रगत बग्ने, मुखको अल्सर जस्ता समस्या हुन दिदैन ।

यसका साथै टाउको दुख्ने, डायबिटिज, गर्भाशयको रोग, पेटको खराबी, चाँयापोतो, रुखो छाला, घामले डढेको छाला, अनुहारको दागधब्बा, आँखाको कालो घेरा आदि समस्याहरु हटाउन एलोभेरा धेरै नै लाभदायक हुन्छ ।

यसले रगतको कमीलाई हटाँउछ र शरीरको रोग प्रतिरोधी क्षमता बढाँउछ । यसले रगतमा ग्लुकोजको मात्रा पनि बढाँउछ ।

आगोले पोलेको, काटेर चोट लागेको ठाँउमा एलोभेरा लगाइदिएमा आफ्नो एन्टी ब्याक्टेरिया र एन्टी फंगल गुणको कारण यसले घाउलाई चाँडै निको बनाइदिन्छ ।

यसको काँडायुक्त पातहरुलाई काटेर रस निकाली विहान खाली पेटमा ३-४ चम्चा खाएमा शरीरमा दिनभर शक्ति बढ्छ र शरीर चुस्त दुरुस्त हुन्छ । यसले गर्मी पनि काट्छ ।

प्रकाशित : 3 October, 2018

प्रतिक्रिया दिनुहोस्