अमिताभलाई पाखण्डी संज्ञा दिदैँ तनुश्रीले भनिन् उनीहरु पर्दाभित्रका मात्रै हिरो हुन्

सहयात्रा टिभी

काठमाण्डौं । असोज–१७, अभिनेत्री तनुश्री दत्तले हालै एक अन्तरवार्तामा बलिउडका महानायक मानिने अमिताभलाई पाखण्डी भनेकी छन् । तनुश्री र नाना पाटेकरको विवादमा अमिताभ हालसम्म मौन रहेपछि तनुश्रीले यस्तो भनेकी हुन् ।

उनले अमिताभलाई ईंगित गर्दै उनीहरु पर्दाभित्रका मात्र हिरो हुन्, वास्तविक जीवनका होइनन् भन्ने कुरा समेत गरिन् । नाना पाटेकरले तनुश्रीलाई यौन दुव्र्यवहार गरेको कुरा सनसनि फैलिरहेका बेला धेरै सुपरस्टारहरुले पनि तनुकै पक्षमा बोलिरहेका छन् । प्रियंका चोपडा, कंगना रनावतदेखि फरहान अख्तर लगायतका कलाकारहरु समते तनुको पक्षमा खुलेर कुरा गरिरहेका बेला अमिताभ भने यस विषयमा कुरै गर्न चाहँदैनन् ।

एक पत्रकार सम्मेलनमा नाना र तनुको विषयमा उनको प्रतिकृया माग्दा उनले टक्टकिदै भनेका थिए, ‘न म तनुश्री दत्त हुँ, न नाना पाटेकर । मलाई किन सोधिरहनु भएको छ ?’ अमिताभको यही गैरजिम्मेवार जवाफले तनुश्री आक्रोशित बनेकी हुन् । उनले सिनेमाको पर्दामा समाज परिवर्तनको अगूवाई गर्नेहरु वास्तविक जीवनमा कति पाखण्डी छन् भन्ने देखिएको समेत बताएकी छन् ।

प्रकाशित : 3 October, 2018

प्रतिक्रिया दिनुहोस्