केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आजको राशिफल

सहयात्रा टिभी

काठमाण्डौं । असोज–१८,
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
पारिवारिक असमझदारी बढ्न सक्छ । काममा बाधा उत्पन्न हुनसक्ने सम्भावना देखिन्छ । प्रयत्न गर्नाले केहि उपलब्धि हात पार्न सकिनेछ ।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रतिष्ठित क्षेत्रमा काम गर्ने मौका प्राप्त हुनेछ । सुख दुखमा साथ दिनेहरु प्रशस्तै भेटिनेछन् । मनमा हर्ष छाउनेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह)
आलोचकहरु हात धोएर पछि लाग्ने छन् । गोपनियतामा ध्यान दिनुहोला । गोप्य योजनाहरुलाई गोप्य नै राख्नु राम्रो हुनेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय अनुकुल रहनेछ । प्रतिष्ठित व्यक्तिहरुसँगको जमघट हुने सम्भावना देखिन्छ । उत्साह बढ्नेछ । साथीभाईको साथ मिल्ने योग छ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
खर्च बढ्ने छ । कुनै पनि निणर्य गर्दा धेरै सोच्नु पर्ला । काममा बाधा देखिन सक्छ तर नअतालिइ धैर्यता पूर्वक काम गर्नाले सफल भइनेछ ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )
आम्दानि बढ्ने छ । प्रेम र मित्रताको सम्बन्ध अझ कसिलो र मजबुत हुने योग छ । दिन रमाइलोका साथ वित्नेछ भने साँझमा केहि विवादास्पद विषयमा अलमल हुन सक्छ । बोलिव्यवहारमा ध्यान दिनुहोला ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते)
साथीको समस्यामा साथ दिनुपर्ने अवस्था आइपर्नेछ । रमाइलो यात्राको अवसर छ । यात्रा गर्दा ध्यान दिनुहोला । मिष्ठान्न भोजनको योग छ ।

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
केहि अफ्ट्यारो परिस्थितिको सामना गर्नु पर्नेछ । गरेको कामको जस समेत नपाइने योग छ भने दिन खिन्नतामा वित्ने योग देखिन्छ ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
दाम्पत्य सम्बन्धमा समस्या देखिन सक्छ । आर्थिक आम्दानिमा बाधा हुनुको साथै काममा समेत बाधा देखिन सक्छ ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि )
व्यापार व्यवसायमा फाइदा हुने योग छ । व्यापारका लागी यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारमा मायाको गाँठो कसिने छ । मनमा हर्ष छाउने योग छ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द)
मन मिल्ने साथी भेटिने छ । प्रेम सम्बन्धमा सुधार आउनुको साथै माया बढ्नेछ । आम्दानि बढ्ने योग छ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय अनुकुल बन्दै जानेछ । गल्ति सुधार गर्ने अवसर प्राप्त हुनेछ । दिन सामान्य ढङ्गबाट वित्नेछ । स्वास्थ्यको अलि ख्याल गर्नुपर्ला ।

प्रकाशित : 4 October, 2018

प्रतिक्रिया दिनुहोस्