केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेप्सेमा १० अङ्कको गिरावट, कारोबार रकम खुम्चियो

सहयात्रा टिभी

काठमाण्डौं । असोज–१७, सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) बुधबार १० दशमलव ७६ अङ्कले घटेको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेर ३७ करोड रुपैयाँमा खुम्चिएको छ ।

आज १ सय ६५ कम्पनीका ४ हजार ७ सय ३८ कारोबारबाट १६ लाख ९० हजार ५ सय ११ कित्ता सेयर किनबेच भई ३७ लाख ४० लाख ४९ हजार ८ सय ७५ रुपैयाँ बराबरको कारोबार भएको छ । १ हजार २ हजार ४१ दशमलव ३१ अङ्कबाट सुरु भएको नेप्से १० अङ्कले घट्दै १ हजार २ सय ३० दशमलव ६० अङ्क कायम भएको छ । कारोबार सुरु भएको दुई घन्टासम्म करिब स्थिर रहेको नेप्से त्यसपछि तीव्र रुपमा घट्दै १० अङ्क तल गएको हो ।

आज व्यापार ४ दशमलव २२ र होटल ५ दशमलव ५६ अङ्क बढेको छ । त्यसबाहेक सबैभन्दा बढी निर्जीवन बिमा ५१ दशमलव ३८, जीवन बिमा ३७ दशमलव ४५, जलविद्युत् १५ दशमलव १६, विकास बैङ्क ११ दशमलव ५२, बैङ्किङ १० दशमलव १२ अङ्कले घटेको छ । त्यसबाहेकका समूहमा भने एकल अङ्कको सामान्य गिरावट आएको छ ।

प्रकाशित : 3 October, 2018

प्रतिक्रिया दिनुहोस्