च्याम्पियन्स लिग : नेइमारको ह्याट्रिकसँगै पीएसजीको शानदार जित

सहयात्रा टिभी

एजेन्सी । असोज–१८, च्याम्पियन्स लिगमा नेइमारको ह्याट्रिकसँगै पीएसजीले बेलग्रेडमाथि शानदार जित हात पारेको छ । बुधबार राति भएको खेलमा पीएसजीले रेड स्टारलाई ६–१ गोल अन्तरले हराएको हो ।

पेरिसमा भएको खेलमा घरेलु टोलीले २० औं मिनेटमा नेइमारको गोलबाट अग्रता लिएको थियो । दुई मिनेटपछि नै उनले दोस्रो गोल गरे ।३७ औं मिनेटमा काभानी र ४१ औं मिनेटमा डी मारियाले गोल गर्दै पहिलो हाफमा घरेलु टोलीलाई ४–० को अग्रता दिलाए ।

दोस्रो हाफको ७० औं मिनेटमा केलियन एम्बाप्पेले गोल गरे । चार मिनेटपछि भ्रमणकारी टोली रेड स्टारका मरिनले गोल गरेका थिए । तर, ८१ औं मिनेटमा नेइमारले ह्याट्रिक पुरा गर्दै पीएसजीलाई ६–१ गोल अन्तरको फराकिलो जित दिलाएका छन् ।

प्रकाशित : 4 October, 2018

प्रतिक्रिया दिनुहोस्