केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मरेको दुई महिनापछि कफिनबाट शव झिक्दा बौद्ध भिक्षु मुस्कुराए

सहयात्रा टिभी

एजेन्सी । असोज–१८, एक बौद्ध भिक्षुलाई मरेको दुई महिनापछि बौद्ध धर्मको परम्पराअनुसार कफिनबाट झिक्दा मुस्कुराइरहेको पाइएको छ । ९२ वर्षका बौद्ध भिक्षु लुआंग फोर पियानको नोभेम्बर १६ मा थाइल्याण्डको राजधानी बैंककमा मृत्यु भएको थियो ।

कम्बोडियामा जन्म भई लामो समयदेखि थाइल्याण्डमा आध्यात्मिक र बौद्ध सम्प्रदायका गुरुको रुपमा रहेका भिक्षुको मृत्यु भएपछि उनको पार्थिव शरीरलाई मन्दिरमा पुर्नका लागि लगिएको थियो । त्यसको दुई हप्तापछि उनका शिष्यहरुले उनको शरीर कफिनबाट परम्परागत बौद्ध मान्यताअनुसार निकालेका थिए । कफिनबाट उनको शरिर निकाल्दा उनको शरिर विस्तारै माटिन शुरु हुँदै थियो तर उनको मुहारमा भने मुस्कुराहट देखिइरहेको थियो ।

उनको सम्मानका लागी भेला भएका सबै मानिसहरु उनी मुस्कुराइ रहेको देखेपछि आश्चर्यमा परे । त्यहि भिडमा केहि मानिसहरुले भिक्षु मुस्कुराइ रहेको तस्वीर खिचेका थिए, जुन तस्वीर आजभोली सामाजिक संजालमा भाइरल भएको छ ।

प्रकाशित : 4 October, 2018

प्रतिक्रिया दिनुहोस्