केपी ओली प्रचण्ड माधव नेपाल एमाले


रोनाल्डोले स्वीकारेनन्, बलात्कारको आरोप

सहयात्रा टिभी

एजेन्सी । असोज–१८, विश्वप्रसिद्ध फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले पूर्व अमेरिकी मोडेलले आफूमाथि लगाएको यौन शोषणको आरोपको खण्डन गरेका छन् । अमेरिकी मोडेलले सन् २००९ मा आफूलाई रोनाल्डोले बलात्कार गरेको आरोप लगाएकी छिन् ।

यसै साता रोनाल्डोका विरुद्धमा लास भेगासको प्रहरीले अनुसन्धान गर्ने बताइसकेको छ । पोर्चुगाली यी फुटबल खेलाडीले आफूमाथि लागेको आरोपमा सत्यता नरहेको बताएका छन् ।

“मेरा विरुद्ध प्रहरीले गर्ने भनिएको छानबिनको कुनै आवश्यकता नै छैन,” ३३ वर्षीय रोनाल्डोले भनेका छन्, “बलात्कार घृणित अपराध हो ।” प्रहरीले पीडितको नाम सार्वजनिक गरेको छैन ।

प्रकाशित : 4 October, 2018

प्रतिक्रिया दिनुहोस्