मानसिक सन्तुलन गुमाएकी ६३ वर्षीया महिलाको बलात्कार

मोरङ । असोज–१८, मोरङको बेलबारीमा मानसिक सन्तुलन गुमाएकी एक महिलाको बलात्कार भएको छ । बुधबार बेलबारी–८ की मानसिक सन्तुलन ठिक नभएकी ६३ वर्षीया महिला बलात्कारको शिकार भएकी हुन् ।
सिर्जना टोल बस्दै आएकी ६३ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले सोही ठाउँ बस्ने ६५ वर्षीय पदमबहादुर मगरलाई पक्राउ गरेको छ । मगरमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।