केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आज नेप्सेमा ३ अंकको गिरावट

सहयात्रा टिभी

काठमाण्डौं । असोज–१८, साताको अन्तिम दिन सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३ दशमलव २३ अङ्कले घटेको छ । कारोबार सुरु भएदेखि घटेको नेप्से ९ अङ्कले तल पुगेपछि एकाएक सुधार भई १ अङ्क बढेको थियो । त्यसपछि स्थिर रहँदै घटेको नेप्से ५ अङ्कसम्म घटेपछि फेरि उकालो लाग्दै गिरावट ३ अङ्कमा कायम भएको हो ।

आज नेप्सेमा तीन समूहबाहेक सबै समूहमा गिरावट आएको छ । आज जीवन बिमा शून्य दशमलव ५५, वित्त १ दशमलव ३६, व्यापार १ दशमलव ६९ अङ्कले घटेको छ । त्यस बाहेकका समूहमा होटल २६ दशमलव ६९, निर्जीवन बिमा १४ दशमलव ३, लघुवित्त ११ दशमलव २ अङ्कले घटेको छ भने बाँकी समूह सामान्य अङ्कले ओरालो लागेको छ ।

आज १ सय ६५ कम्पनीका ५ हजार ४ सय ४० कारोबारबाट १५ लाख ८२ हजार ५ सय ५८ कित्ता सेयर किनबेच भई ४२ करोड ४६ लाख ४४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रकाशित : 4 October, 2018

प्रतिक्रिया दिनुहोस्