युरोपा लिगमा क्वाराबागमाथि आर्सनलको जित

सहयात्रा टिभी

एजेन्सी । असोज–१९, युरोपा लिग फुटबल अन्तर्गत समूह र्इको खेलमा इंग्लिस क्लब आर्सनलले अजरबैजानको क्वाराबागलाई ३–० गोलअन्तरले पराजित गरेको छ । बिहीबार राति क्वाराबागकै घरेलु मैदानमा भएको खेलमा आर्सनलले सहज जित निकालेको हो ।

खेलको पाचौं मिनेटमा नै सोक्रटिसले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । खेलको पहिलो हाफमा १–० गोलले अघि रहेको आर्सनलले दोस्रो हाफमा थप २ गोल गर्न सफल भयो ।

इमलीले खेलको ५३औं मिनेटमा गोल गर्दै आर्सनललाई दोब्बर अग्रता दिलाएका थिए । त्यस्तै, गुएनडोजीले खेलको ८०औं मिनेटमा गोल गरेपछि आर्सनलले क्वाराबागलाई ३–० गोलले पराजित गरेको हो ।

यो समूहकै अर्को खेलमा पोर्चुगलको स्पोर्टिङ लिस्बोनले युक्रेनको भोर्सक्लालाई २–१ गोलअन्तरले पराजित गरेको छ ।

प्रकाशित : 5 October, 2018

प्रतिक्रिया दिनुहोस्