केपी ओली प्रचण्ड माधव नेपाल एमाले


शैक्षिक भ्रमण जाँदा वृद्धा आश्रममा हजुरआमालाई भेटेपछि

सहयात्रा टिभी

काठमाण्डौं । असोज–१९, साँवा भन्दा व्याजको माया भने झैँ, नातिनातिना भएका वृद्धवृद्धाहरुलाई छोराछोरीको भन्दा नातिनातिनीहरुको माया बढि लाग्ने गर्छ । जब सँधै आफ्ना अघि नाचिरहने नातिनातिना एक छिन आफ्नो अघि हुँदैनन्, ती हजुरबुबा हजुरआमालाई सुन्य लाग्ने गर्छ । हजुरआमा र हजुरबुबाको काखमा हुर्केका नातिनातिनालाई पनि हजुरआमा हजुरबुबा विना सुन्य महसुस हुन्छ ।

कुरा यति मात्र होइन, जब एक नातिनीले आफन्तको घर गएकी भनिएकी हजुरआमालाई वृद्धा आश्रममा भेट्छिन्, त्यो समयको त्यो क्षण हजुरआमा र नातिनी दुवैकालागी कस्तो महशुस होला हामी सजिलै कल्पना गर्न सक्छौँ ।

हो, यो वास्तविक कथा हाम्रै छिमेकि मुलुक भारतको हो । माथिको तस्वीर भारतका गुजरातका वरिष्ठ फोटो पत्रकार कल्पित भचेचले सन् २००७ सलामा खिचेको तस्वीर हो । यो तस्वीर पहिलो पटक दिव्य भास्कर अखबारको पहिलो पन्नामा छापिएको थियो ।

बीबीसीमा उल्लेख भएअनुसार विद्यालयबाट शैक्षिक भ्रमणका लागी वृद्धाआश्रम लैजाँदा उक्त आश्रममा एक बालिकाले आफ्नी हजुरआमालाई देखेर एक्कासी रोएकी थिइन् । हजुरआमाले पनि नातिनीलाई देखेपछि रुन थालिन ।

हजुरआमा र नातिनी रोएको देखेपछि अन्य वृद्धवृद्धा र विद्यार्थीहरु पनि रोएका थिए । त्यहि समयमा फोटो पत्रकार भचेचले लिएको उक्त तस्वीरले उनलाई पनि निकै चर्चामा ल्याएको थियो । सामाजिक संजालमा भाइरल भैरहेको उक्त तस्वीरले हजारौँ शब्दले व्याख्या गर्न नसकेको मार्मिकतालाई व्याख्या गरेको छ ।

प्रकाशित : 5 October, 2018

प्रतिक्रिया दिनुहोस्