६ वर्ष गुफा बसेको भेडा बाहिर आउँदा चिन्नै मुस्किल

सहयात्रा टिभी

एजेन्सी । असोज–१९, न्युजिल्याण्डमा सन् १९९७ मा एउटा भेंडा भागेर गुफामा लुकेको थियो । स्थानीय एक भेंडा फार्ममा रहेका १७ हजार भेंडामध्ये एउटा जिद्दी र डरपोक भेंडा मालिकले उन काट्न बाहिर निकालेको बेला भागेर गुफामा छिरेको थियो ।

गुफाभित्र पसेसँगै त्यो भेंडा मालिकको आँखा छल्दै ६ वर्षसम्म गुफाभित्रै बस्यो । जब ६ वर्षपछि भेंडालाई मानिसहरुले गुफामा फेला पारे, तब त्यो कुनै भेंडा हो भनेर छुट्टाउनै नसकिने अवस्थामा थियो ।

४ वर्षको उमेरमा गुफा पसेको भेंडा १० वर्षको उमेरमा बाहिर निस्किँदा जिउमा २०जना मानिसलाई शुट बनाउन पुग्ने जति ऊन पालेको थियो । भेंडाको शरीरमा ६० पाउण्ड ऊन जम्मा भएको थियो र भेंडाको जिउ नै ऊनको डल्लाजस्तो भएको थियो ।

भेंडाको ऊनले ढाकिएर डल्लो जस्तै बनेको त्यो भेंडाको तस्वीर त्यसबेला खुबै चर्चित बनेको थियो ।  भेंडा सेलिब्रेटी नै बन्यो र उसको जिउबाट काढिएको ऊन महंगोमा लिलाम भयो । हाल उसको मृत्यु भइसकेको छ ।

प्रकाशित : 5 October, 2018

प्रतिक्रिया दिनुहोस्