केपी ओली प्रचण्ड माधव नेपाल एमाले


‘चङ्गा चेट’ को पोस्टर सार्वजनिक, चङ्गामा उडे प्रियंकादेखि परमितासम्म

सहयात्रा टिभी

काठमाण्डौं । असोज–१९, ‘पशुपतिप्रसाद’ फेम्ड निर्देशक दीपेन्द्र के. खनाल निर्देशित फिल्म ‘चङ्गा चेट’ को अफिसियल पोस्टर सार्वजनिक भएको छ । नयाँ कन्सेप्टमा फिल्मको थिम अनुसार पोस्टर तयार पारिएको छ । केही दिनमा फिल्मको ट्रेलर सार्वजनिक हुँदैछ ।
आयुष्मान देशराज जोशी, प्रियंका कार्की, परमिता आरएल राणा, रबिन्द्र झा, सुरक्षा पन्त, सन्दिप क्षेत्री र शिशिर बाङदेलको प्रमुख भूमिका रहेको फिल्मको ‘गोजीमा दाम छैन’ गीतलाई यूट्युबमा ९० लाखभन्दा बढी पटक हेरिसकिएको छ । फिल्मको ‘ढल्की ढल्की’ बोलको गीतले पनि सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।

दुई गीतले फिल्मको राम्रो हाइप निर्माण गरेकोमा निर्माता र निर्देशक उत्साहित देखिएका छन् । डार्क कमेडी बताइएको फिल्मलाई माधव वाग्ले र शर्मिला पाण्डेले निर्माण गरेका हुन् । फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका हुन् ।

कात्तिक १६ गते आउने यो फिल्ममा अर्जुन पोखरेलको संगीत छ । निरक कँडेलको छायांकन रहेको फिल्मको सम्पादन दिर्घ खड्काले गरेका छन् ।

प्रकाशित : 5 October, 2018

प्रतिक्रिया दिनुहोस्