केपी ओली प्रचण्ड माधव नेपाल एमाले


जापानद्वारा नेपाललाई ३० करोड ८० लाख अनुदान

सहयात्रा टिभी

काठमाण्डौं । असोज–१९, जापानले नेपालको ‘विद्यालय क्षेत्र विकास कार्यक्रम’ का लागि थप ३० करोड ८० लाख अनुदान सहायता उपलब्ध गराउने भएको छ। नेपालका लागि जापानका राजदूत मासामिची सैंगो र अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले नेपालको विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि थप ३० करोड ८० लाख अनुदान सहायता उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।

शुक्रबार अर्थ मन्त्रालयमा एक कार्यक्रमकाबीच गरिएको समझदारी पत्रमा सो अनुदान सहायता नेपालको विद्यालय तहको शिक्षालाई गुणस्तरीय बनाउने कार्यक्रममा खर्च गरिने उल्लेख गरिएको छ।

कार्यक्रममा नेपालका लागि जापानका राजदूत सैंगोले नेपालको शैक्षिक क्षेत्रको विकास गरेर गरिबी निवारणको कार्यक्रमलाई प्रभावकारी बनाउन जापानले आर्थिक सहायता उपलब्ध गराएको बताए।

प्रकाशित : 5 October, 2018

प्रतिक्रिया दिनुहोस्