बिजुली निकाल्न चन्दा उठाउँदै पाकिस्तानका प्रधानमन्त्री इमरान

सहयात्रा टिभी

एजेन्सी । असोज–२१, पाकिस्तानका प्रधानमन्त्री इमरान खानले स्वदेशी लगानीमा नै ५३०० मेगावाट क्षमताका आयोजना निर्माणका लागि चन्दा उठाउन थालेका छन्। पछिल्ला केही वर्षदेखि चरम ऊर्जा संकट भोग्दै आएको पाकिस्तानले अब राष्ट्रिय रुपमा चन्दा अभियान चलाउने र वृहत परियोजनालाई सार्थक बनाउने नीति लिएको हो ।

पाकिस्तानमा दैनिक १२ घन्टा काटिने बिजुलीको कारण जनजीवन प्रभावित हुदै आएको छ। निर्माणमा रहेका केही आयोजनामा चरम वेथिति र भ्रष्टाचार व्याप्त छ। राजनीतिक र क्षेत्रीय स्वार्थका कारण परियोजनाहरुमा समस्या परेका छन्।

बर्षेनी बढिरहेको लगानी औद्योगिक क्षेत्रमा भएको विकासका कारण पनि ऊर्जाको माग बढ्दै गएको छ। तर समस्या घट्नुको साटो बढ्न थालेपछि नवनिर्वाचित सरकारले नयाँ उपाय निकालेको हो ।

जनताका लागि सरकार छ, सरकार जनताका लागि हो, भन्ने विश्वास दिलाउने लक्ष्यका साथ राष्ट्रिय अभियान सुरु गरिएको पाकिस्तानका प्रधानन्याधीश साकिब निसारले जानकारी दिए। स्टेट बैंक अफ पाकिस्तानमा ‘सुप्रिम कोर्ट अफ पाकिस्तान डायमर बासा र मोहन्द ड्याम फण्ड’ खाता खोलिएको छ। ६ अक्टोबर, २०१८सम्म सो खातामा चार अर्ब ५८ करोड ७१ लाख बढी रकम संकलन भइसकेको छ।

पाकिस्तानका अधिकाशं सञ्चार माध्यमले प्रधानमन्त्री इमरानको पछिल्लो प्रयासलाई सकारात्मक भन्दै समाचार सम्प्रेषण गरेका छन्। विशाल बाँध बनाउन सरकारसँग पैसा अभाव भएपछि खानले चन्दा अभियान थालेका हुन्, यो महत्वपूर्ण अभियान हो, यसलाई सहयोग गरौ भन्दै पाकिस्तानी नागरिकले खुसी व्यक्त गरेका छन्।

प्रकाशित : 7 October, 2018

प्रतिक्रिया दिनुहोस्