केपी ओली प्रचण्ड माधव नेपाल एमाले


महमा लसुन मिसाएर खानाले हुनेछन् यस्ता फाइदा

सहयात्रा टिभी

काठमाण्डौं । असोज–२१, मह एन्टी बायोटिक र एन्टी ब्याक्टेरियल हुन्छ भने लसुनमा एलिसिन र फाइबरजस्ता फाइदाजनक न्यूट्रियन्ट्स हुने गर्दछ । यसले ग्यास्ट्रिक नियन्त्रणका लागि फाइदा पुर्याउने गर्दछ । मह र लसुनको मिश्रण गराएर बिहान खाली पेटमा खाने हो भने मोटोपन छिट्टै नै कम हुने गर्दछ ।  यी दुबै मिसाएर खाँदा तौल घटाउनुका साथै विभिन्न रोगबाट छुटकारा दिनेछ ।

खालि पेटमा नियमित रुपमा महमा लसुन मिसाएर खाएमा निम्न फाइदा हुन्छन् ।

–मुटुको समस्यालाई कम गर्ने
यसले कोलेस्ट्रोल कम हुन्छ र रक्त संचारलाई सन्तुलनमा राख्दछ ।

–शरिरको तौल कम गर्न मद्यत
मह र लसुनको मिश्रणले शरिरको बोसोलाई कम गर्दछ । यसले तौल घटाउन सहयोग गर्दछ ।

–दाँत बलियो बनाउन मद्यत
यसमा पाइने फस्फरसले दाँत बलियो बनाउँछ । यसले गमको समस्याबाट पनि जोगाउँछ ।

– क्यान्सरबाट बच्न
लसुन र महमा पाइने एन्टिअक्सिडेन्टले क्यान्सर हुनबाट जोगाउन सहयोग गर्दछ ।

–रुघाखोकीबाट बच्न
यो खाँदा शरिरमा गर्मी बढ्छ । त्यसकारण चिसो महिनामा रुघा खोकीबाट टाढा राख्छ ।

–प्रतिरोधात्मक क्षमता वृद्धि गर्दछ
लसुन र महले रोग प्रतिरोधी क्षमतालाई बलियो बनाउँछ । यसले शरिरको संक्रमणबाट बचाउँछ ।

मधुमेह नियन्त्रण गर्न
यसले रगतमा सुगरको स्तरलाई नियन्त्रणमा राख्दछ । यसकारण यो मधुमेहका लागि फाइदाजनक हुन्छ।

–रक्तचाप सन्तुलनमा राख्न
यसमा एलिसिन हुन्छ जसले रक्तचापलाई साधारण राख्दछ । यसले शरिरमा बोसोलाई कम गर्नमा फाइदाजनक हुन्छ ।

–बाँझोपन हटाउन
यसमा सेलेनियम हुन्छ जसले बाँझोपनलाई हटाउन सहयोग गर्दछ ।

प्रकाशित : 7 October, 2018

प्रतिक्रिया दिनुहोस्