बलात्कारबाट बच्न ‘रेप प्रुफ पेन्टी’को आविष्कार

सहयात्रा टिभी

काठमाण्डौं । असोज–२१, आजभोली जताततै बलात्कारका घटनाहरु बढिरहेको समयमा भारतकी एक युवतीले बलात्कारबाट बचाउने पेन्टी बनाएकी छन् । भारतमै ७ वर्षीया बालिकामाथि बलात्कारपछि हत्या भएको घटना सुनेपछि उत्तर प्रदेशकी १९ वर्षीया बीएस्सीमा अध्यनरत छात्रा सिनु कुमारीले ‘रेप प्रुफ पेन्टी’ आविष्कार गरेकी हुन् ।

उनले बनाएको पेन्टीमा विद्युतिय सामाग्रीहरुको प्रयोग गरिएको छ । । पेन्टीमा स्मार्ट लक लगाइएको छ, जुन पासवर्डले मात्र खुल्नेछ । त्यस्तै, पेन्टीमा जीपीआरएस प्रविधि जोडिएको छ । जसको मद्दतबाट महिलाको उपस्थिति कहाँ छ भन्ने पत्ता लाग्नेछ । त्यस्तै, पेन्टीमा जडित रेकर्डरले घटनास्थल वरिपरिको आवाजहरूलाई रेकर्ड समेत गर्नेछ ।

सिनुले दिनहुँ हुने बलात्कारका घटनाबाट आजित भएर यस्तो पेन्टी बनाएको बताईन् । उनले बलात्कारबाट बचाउने पेन्टी आविष्कार गर्ने योजनाअनुसार पेन्टी बनाएको बताइन् । ‘एक महिनाको मिहेनतपछि मैले यो पेन्टी तयार पारेकी हुँ,’ उनले अगाडि भनिन् । पेन्टी ब्लेट फ्रुफ कपडाबाट बनाइएको छ । जसलाई चक्कु वा ब्लेटले काट्न सकिँदैन् । न कि यो कपडा जलाउन सकिन्छ ।

पेन्टीमा एउटा बटन लगाइएको छ जसलाई दबाउनासाथ १०० वा १०९० नं. मा स्वचालित रूपमा फोन जान्छ । त्यसपछि प्रहरी पेन्टीमा जडित जीपीआरएसको सहायताबाट महिला भएको स्थानसम्म पुग्नेछन् । उनले यसलाई अझ सुधार र परिष्कृत गर्दै लान सकिने समेत बताइन् ।

प्रकाशित : 7 October, 2018

प्रतिक्रिया दिनुहोस्