केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आजको राशिफल

सहयात्रा टिभी

काठमाण्डौं । असोज–२२,
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
हिम्मत गर्नाले सोचेको काम पुरा गर्न सकिनेछ । पढाइलेखाइमा खास्सै राम्रो नहोला । चुनौतिहरु देखिएपनि धैर्य गर्नाले आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिनेछ ।
बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
स्वास्थ्यमा कमजोरि देखिन सक्छ । परिवारमा असमझदारीका कारण काममा बाधा पर्ने सम्भावना छ । अध्ययनमा मन नजान सक्छ । खानपानमा ध्यान दिनुहोला । धैर्यता पूर्वक काम तथा निर्णय गर्दा राम्रो हुनेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह )
परिवारमा मतभेद हुनेछ । उपलब्धिका लागी केहि समय प्रतिक्षा गर्नुपर्ला । आफ्नो कमजोरिबाट अरुले फाइदा उठाउन सक्छन् । गोप्य योजनाहरु गोप्य नै राख्दा राम्रो हुनेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय अनुकुल हरनेछ । साथ दिनेहरु भेटिनाले काममा सफल भइनेछ । दिन सामान्य रहने छ । साँझमा मिष्ठान्न भोजनको योग छ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
स्वास्थ्यमा कमजोरि देखिन सक्छ । खानपानमा विशेष ध्यान दिनुहोला । अरुको भर पर्ने बानिले पछि पर्न सकिनेछ ।
कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आफन्तहरुबाट टाढिनु पर्ला । शुभचिन्तकहरुको साथ र सहयोगले काममा भने सफल भइनेछ । खानपानमा सावधानि अपनाउनु पर्ला ।
तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते )
आम्दानिका स्रोतहरु बढ्ने छ । सरसापटका लागी धन बाहिर जाने हुँदा बचत भने हुन सक्दैन् । व्यापार व्यवसायकातर्फबाट यात्रामा जाने अवसर प्राप्त हुनेछ ।
बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
आम्दानी बढ्नेछ र प्रतिष्ठित काम गरेर नाम, दाम र इनाम हातपार्न सफल भइनेछ। विभिन्न अवसरहरु प्राप्त हुनेछ ।
धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रतिष्ठित काम गरेर समाजमा स्थापित हुने समय छ। सोचेको काम बन्नेछ । पहिलेका गल्तीहरुलाई सुधार गर्न सकिनेछ ।
मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। विवादयुक्त कामको सामना गर्नुपर्ला । साँझ पख परिस्थिति अनुकुल बन्दै जानेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द)
रमाइलो यात्राको अवसर छ । कामको जिम्मेवारी बढ्नेछ । सोचेको काममा केहि बाधा पर्नाले पुरा नहुन सक्छ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रतिस्पर्धामा उत्रनुपरे पनि विभिन्न अवसर प्राप्त भइरहनेछन्। रोकिएका काम बन्नाले आर्थिक पक्ष पनि सबल बन्नेछ।

प्रकाशित : 8 October, 2018


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्