केपी ओली प्रचण्ड माधव नेपाल एमाले


इन्टरपोलका अध्यक्ष मेङ होङवुई चीनमा पक्राउ

सहयात्रा टिभी

एजेन्सी । असोज–२२, झन्डै दुई सातादेखि हराइरहेका इन्टरपोलका प्रमुख मेङ होङवुईलाई चीनले नियन्त्रणमा लिएको खुलेको छ। चिनियाँ अधिकारीहरूले उनलाई नियन्त्रणमा लिएको आइतबार खुलासा गरेका हुन्।

चिनियाँ कानुनको उल्लंघन गरेको आरोपमा उनीमाथि छानबिन भइरहेको बताइए पनि उनको गल्ती के हो भन्ने खुलाइएको छैन। चीनको परीवेक्षण आयोगले उनलाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ।

पक्राउ परेसँगै मेङले इन्टरपोलको प्रमुखबाट राजीनामा दिएका छन्। फ्रान्सको लियोनमा रहेको इन्टरपोल मुख्यालयले तत्कालै लागू हुने गरी उनले दिएको राजीनामा पत्र प्राप्त भएको जनाएको छ।मेङ सन् २०१६ नोभेम्बरमा ४ वर्षका लागि इन्टरपोलको प्रमुख नियुक्त भएका थिए।

मेङ चिनियाँ नागरिक हुन्। इन्टरपोलमा जानुपुर्व उनी लामो समय चीनको सार्वजनिक सुरक्षा राज्यमन्त्री थिए। फ्रान्सबाट चीन हिँडेका मेङ सम्पर्कमा नआएपछि उनकी पत्नी ग्रेसले शुक्रबार फ्रान्स प्रहरीलाई पति हराएको जानकारी गराएकी थिइन्।

प्रकाशित : 8 October, 2018

प्रतिक्रिया दिनुहोस्