केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आजको राशिफल

सहयात्रा टिभी

काठमाण्डौं । असोज–२३,
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
नयाँ काम प्रारम्भ गर्न सकिनेछ । मेहनतले दिर्घकालिन रुपमा आम्दानि हुने क्षेत्रमा हात हाल्न सकिनेछ । स्वास्थ्यमा सुधार आउनेछ ।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
स्वास्थ्य कमजोर रहनेछ । खानपानमा विशेष ध्यान दिनु पर्नेछ । स्वास्थ्य कमजोर हुने हुँदा अध्ययनमा मन नजान सक्छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह)
आफ्नो कमजोरिबाट अरुले फाइदा उठाउन सक्ने हुँदा सतर्क रहनु पर्ला । धैर्य गर्नाले उपलब्धि हात पार्न सकिनेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
मौकामा सहयोगी तथा भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुन सक्छ। शैक्षिक क्षेत्रमा राम्रै उपलब्धि हात पर्ने योग छ । यात्राको अवसर प्राप्त हुनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
वादविवादबाट अलि सावधान रहनुहोला। पहिलेका सहयोगीहरूले विपक्षी मार्ग अवलम्बन गर्न सक्छन्। सतर्कताका साथ काम गर्नुपर्नेछ । दिन सामान्य नै रहने योग छ ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
रोकिएको काम पुन दोहो¥याएर गर्नु पर्नेछ । खानपानको कारण स्वास्थ्यमा केहि समस्या देखिन सक्छ । यात्रा गर्दा विशेष ख्याल गर्नुहोला ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते)
परिस्थितिवस आफन्तबाट टाढिनु पर्ने हुनसक्छ । भविष्यको मार्ग कोर्ने योग छ । शिक्षा क्षेत्रमा राम्रो नतिजा हात पर्नेछ ।

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
आम्दानिमा वृद्धि हुने योग छ । विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पुरुषार्थद्वारा उपलब्धि हातपार्ने मौका छ। नयाँ काम वा नोकरी प्राप्त हुन सक्छ। मित्रता र प्रेमको बन्धन कसिनेछ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। फाइदा नहुने काममा धेरै समय जुट्नुपर्ने देखिन्छ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द )
चोटपटकको योग देखिएकाले स्वास्थ्यका लागि विशेष सजग रहनुहोला। परिस्थितिले संघर्षको पथमा हिँडाए पनि मिहिनेतले स्थितिमा सुधार ल्याउनेछ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
रोकिएका काम बन्नाले आर्थिक पक्ष पनि सबल बन्नेछ। प्रियजनसँगको भेटघाटले रमाइलो रहनेछ। प्रेम र मित्रताको बन्धन कसिने बलियो सम्भावना देखिन्छ।

प्रकाशित : 9 October, 2018


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्