केपी ओली प्रचण्ड माधव नेपाल एमाले


दशैँ तिहारको बहार, प्लस मुभिमा हिट सिनेमा लगातार

सहयात्रा टिभी

काठमाण्डौं । असोज–२३, डिजिटल प्रविधि मार्फत ग्राहकहरुमा गुणस्तरीय सेवा प्रदान गरिरहेको डिस होमले दशैँ तिहारको अवसरमा आफ्ना ग्राहकहरुका लागी प्लस मुभिमा हिट सिनेमाहरु प्रशारण गर्ने भएको छ । नेपालीहरुको महान पर्व दशैँ तिहारलाई अझ विशेष बनाउनका लागी प्लस मुभिले हिट सिनेमाहरु प्रशारण गर्ने भएको हो ।

दशैँ तिहार अवधिभर प्लस मुभिमा चर्चित नेपाली चलचित्रहरु प्रशारण हुनेछन् । डिस होमको यस सेवालाई उपभोग गर्नका लागी डिस होमका ग्राहकहरुले आफ्नो प्लस प्याकेजमा अपग्रेड गर्नुपर्ने हुन्छ ।

दशैँ तिहार भरि चर्चित नेपाली चलचित्र हेरी भरपुर मनोरञ्जन प्राप्त गर्न डिस होमका ग्राहकहरुले डिस होमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गरि प्लस प्याकेजमा अपग्रेड गर्न सकिनेछ । प्लस प्याकेजमा अपग्रेड गर्नको लागी डिस होमको ग्राहक सेवा केन्द्रको फोन नं. १६६००२२००० अथवा ०१ ४२१७६६६ मा सम्पर्क गर्न सकिनेछ । प्लस प्याकेजका लागी दैनिक दुइ रुपैया पचास पैसा मात्र लाग्ने छ ।

यसका साथै डिस होमले भदौ १ गतेबाट सिमित समयावधिका लागि डिस होमका ग्राहकहरुले डिस होमको रिचार्ज गर्दा जडान उपकरण निशुल्क प्राप्त गर्ने गरि ‘डिस होम फ्रि अफर’ को सुविधा पनि प्रदान गरिरहेकोछ । अवधि सिमित भनिएपनि निश्चित नगरिएकाले यो अफरमा अझै पनि ग्राहकहरुले डिस होम जडान गर्न सक्नेछन् ।

सन् २००९ मा स्थापित डिस होम नेपालको सबैभन्दा अग्रणी र गुणस्तरीय ‘पे टीभी’ सर्भिस हो । २४ घण्टा ग्राहक सेवा, हरेक वडामा दक्ष प्राविधिक, लोकप्रिय च्यानलका कारण डिस होमको सेवा लाखौं घरमा जडान भइसकेको छ । पब्लिक कम्पनिमा रुपान्तरण भइसकेको डिस होम हाल सर्वसाधारणहरुका लागी सेयर जारी गर्ने प्रक्रियामा पनि रहेको छ ।

प्रकाशित : 9 October, 2018


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्