नेपालको विशाल जीत : भुटान ३३ रनमा सिमित

काठमाण्डौं । असोज–२३, मलेसियामा जारी आइसिसी विश्व टी–२० क्रिकेटअन्तर्गत एसिया छनोट समूह ‘बी’ को चौथो खेलमा नेपालले भुटानलाई ११७ रनको फराकिलो अन्तरमा हराएको छ। नेपाल पहिले ब्याटिङ गर्दै दिएको १५१ रनको लक्ष्य पछ्याएको भुटान १६.४ ओभरमा ३३ रनमा समेटियो।
भुटानलाई सस्तैमा समेट्न नेपालका सन्दिप लामिछाने, ललितनारायण राजबंशी र बसन्त रेग्मीले ३–३ विकेट लिए। दीपेन्द्र सिंह ऐरी र शरद भेसवाकरको नाममा १–१ विकेट रह्यो।
४ ओभर बलिङ गरेका ललितले २ मेडन फाल्दै ४ रन खर्चिए भने सन्दिपले २ मेडन राख्दै ६ रन खर्चिए। ४ ओभर बलिङ गरेका बसन्त रेग्मीले १ मेडनसहित ७ रन खर्चिएर २ विकेट लिए। ४ ओभर बलिङ गरेका दीपेन्द्रले १३ रन खर्चिए। यस्तै ०.४ ओभर बलिङ गरेका शरद भेसवाकरले १ विकेट लिए।
भुटानका लागि तेन्जिङ वाङचुकले सर्वाधिक ११ रन बनाए। बाँकी भुटानका कुनै पनि खेलाडीले दोहोरो रनको स्कोर छुन सकेनन्। यअसघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १५० रन बनाएको थियो।
नेपालका लागि प्रदीप ऐरीले अर्धसतकीय पारी खेले। ६८ बल खेलेका ऐरीले २ छक्का र ६ चौकासहित ७५ रनमा नटआउट रहे। अनिल शाहले २७ रन बनाउँदा दीपेन्द्र सिंह ऐरीले १५ तथा आरिफ शेखले १३ रन जोडे। करण केसीले ५ बलमा ११ रन जोडे।
असोज २६ गतेसम्म मलेसियामा हुने प्रतियोगितामा नेपालसहित सिङ्गापुर, मलेसिया, भूटान, चीन, म्यान्मा र थाइल्याण्डबीच प्रतिस्पर्धा हुनेछ।