केपी ओली प्रचण्ड माधव नेपाल एमाले


गोरुको शव यात्रा, यसरी सम्पन्न भयो

सहयात्रा टिभी

एजेन्सी । असोज–२३, आजभोली मानिस मर्दा पनि वेवास्ता गरेर हिँड्ने अवस्था आइसकेको समयमा भारतको बिहारमा भने गोरुको पनि शव यात्रा गरिएको छ । विषाक्त औषधीका कारण मृत्यु भएको उक्त गोरुलाई सबै गाउँलेहरु मिलेर गाँउ घुमाएका हुन् ।

भाइचाराको उद्देश्यले हिन्दु र मुस्लिम दुवै समुदायका गरि करिब १ सय ५० जना मानिसहरु उक्त गोरुको शव यात्रामा हिँडेका थिए । गोरुको शव एउटा बेलगाडामा राखिएको थियो र शवलाई कात्रो र फूलले सजाइएको थियो । हर–हर महादेवको नारासहित ढोलकको तालबीच गोरुको शव पुरै गाउँ घुमाइएको थियो । करीब १० वर्षको उक्त गोरुलाई केही ‘बादशाह’ भनेर बोलाउँथे भने केही ‘डन’ ।

बजारमा उपस्थित केही व्यक्तिका अनुसार शहरबाट एक व्यवसायीले यो गोरुलाई लिएर आएका थिए ।

स्थानियका अनुसार उक्त गोरुले मुखबाट फिँज निकालेर वरपर डौडिरहेको थियो । त्यतिकैमा गोरु भुँइमा ढल्यो । उनीहरुले पशु डाक्टरलाई बोलाए तर पनि गोरु बाँच्न सकेन । त्यसपछि सबै गाउँलेहरु मिलेर त्यसको शवयात्रा गरि सम्मान पूर्वक दाहसँस्कार गर्ने भनि बैठक बसेर पैसा संकलन गरियो र शवयात्रा निकालियो ।

प्रकाशित : 9 October, 2018

प्रतिक्रिया दिनुहोस्