केपी ओली प्रचण्ड माधव नेपाल एमाले


देशभरका मालपोत तथ्यांक एकीकृत प्रणालीमा लगिँदै

सहयात्रा टिभी

काठमाण्डौं । असोज–२३, सरकारले मालपोत कार्यालयहरुमा सुरु गरेको जग्गा अभिलेख सूचना व्यवस्थापन प्रणाली (एलआरआईएमएस) लाई यो आर्थिक वर्षभित्र देशभर विस्तार गर्ने भएको छ ।

भूमिसुधार तथा व्यवस्थापन विभागले भदौ ०७२ देखि मालपोत कार्यालयमा एकीकृत अनलाइन रजिष्ट्रेसन प्रणाली सुरु गरेको थियो । कागजी तथ्यांकका ढड्डाहरु राख्ने परम्परागत अभ्यास विस्थापन गर्ने सिलसिलामा उक्त प्रणालीको थालनी मालपोत कार्यालय कलंकीबाट भएको थियो ।

पछि यसलाई विस्तार गरेर थप १९ वटा कार्यालयमा पुर्‍याइएको थियो । अब आगामी पुस मसान्तसम्म यो प्रणाली थप २२ वटा कार्यालयहरुमा लागू हुनेछ । बाँकी कार्यालयमा पनि यसै आर्थिक वर्षदेखि लागू हुने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनाएको छ ।

आगामी पुसबाट सुनसरी, मोरङको बेलबारी, सप्तरी, सप्तरीको कञ्चनपुर, उदयपुर, दोलखा, सिन्धुपाल्चोक, बारा, बाराको सिमारा, धनुषा, गोरखा, तनहुँ, पर्वत, स्याङ्जाको वालिङ, नवलपरासीको सुस्तापूर्व कावासोती, नवलपरासीको सुस्ता पश्चिम, रुपन्देही, बुटवल, रुपन्देही मझगाव, कपिलवस्तु र कपिलवस्तुको चन्द्रौटाको मालपोत कार्यालयमा यो प्रणाली भित्रिदैछ ।

उपत्यकाका पाँचसहित चितवनका चनौली, माडी, खैरहनी र भरतपुरमा भने जडान भइसकेको छ । मकवानपुरका हेटौंडा र थाहा नगरपालिकास्थित कार्यालयदेखि बागलुङ, बाँके, धादिङ, विराटनगर र काभ्रेमा पनि यो प्रणाली लागू छ ।

ताप्लेजुङ, इलाम, धनकुटा, संखुवासभा, भोजपुर, तेह्रथुम, ओखलढुंगा, खोटाङ, सोलुखुम्बु, उदयपुर, सिराहा, महोत्तरी, सर्लाही, सिन्धुली, रामेछाप, रसुवा, रौतहट, लमजुङ, गुल्मी, पाल्पा, पाल्पाको रामपुर, म्याग्दी, बाग्लुङको बुर्तिबाङस्थित मालपोत कार्यालयमा यो प्रणाली लागू गर्ने निर्णय भइसकेको छ ।

यस्तै अर्घाखाँची, प्युठान, रोल्पा, दाङ, र तुल्सीपुर, बर्दिया, दैलेख, जाजरकोट, कालिकोट, जुम्ला, बझाङ, सुर्खेत, दार्चुला, बैतडी, डडेल्धुरा, डोटी, कैलाली र कञ्चनपुर मालपोत कार्यालयमा पनि यो प्रणाली यसै आर्थिक वर्षभित्र लागू भइसक्ने छ ।

प्रकाशित : 9 October, 2018

प्रतिक्रिया दिनुहोस्