केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आजको राशिफल

सहयात्रा टिभी

काठमाण्डौं । असोज–२४,
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मिहिनेतले आम्दानीको दिगो स्रोत जुट्नेछ। व्यापार तथा उद्योगमा फाइदा हुनेछ। यात्राको अवसर प्राप्त हुनेछ । खुसिको खबर सुन्न पाइने योग छ ।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समय अनुकुल रहने छ । व्यापार व्यवसायमा फाइदा हुने योग छ । व्यापारिक क्षेत्रबाट यात्राको अवसर प्राप्त हुनुको साथै नयाँ कामको अफर आउने योग छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह)
नयाँ जिम्मेवारी थपिने छ । परिवारमा केही मतभेद हुनाले उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। अध्ययनमा उपलब्धि हात पर्न सक्नेछ । साथीभाईसँगको रमाइलो भेटको योग छ । रोकिएको काम बन्नेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मिहिनेत गर्दा आँटेको काम बन्नेछ भने लगनशीलताले राम्रै प्रतिफल दिलाउनेछ। पारिवारिक असमझदारीका कारण काममा बाधा पुग्नुको साथै हानि हुने सम्भावना छ । पारिवारिक समझदारीमा ध्यान दिनुहोला । धैर्यधारणले राम्रो नतिजा दिलाउन सक्छ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
काममा बाधा अढ्चन देखिएपनि साथिभाई र शुभचिन्तकहरुको सहयोगले रोकिएको काम पनि बन्ने योग छ । अध्ययनमा राम्रै उपलब्धि प्राप्त हुनेछ । वैदेशिक क्षेत्रबाट राम्रो आम्दानि गर्न सकिनेछ ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )
परिस्थितिमा सुधार हुनुको साथै अनुकुल बन्ने छ । रचनात्मक कार्यहरुमा सहभागि हुनाले राम्रो प्रतिकृया प्राप्त हुनेछ । नयाँ ठाउँमा नयाँ मानिसहरुसँग सहकार्य गर्नुपर्ला ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते)                                                                                   प्रतिक्षा गरिएको नतिजाले उत्साहित बनाउने छ । मनमा हर्ष जगाउनुको साथै खुसीको खबर सुन्न पाइने योग छ । शिक्षा क्षेत्रमा मन नजाला । स्वास्थ्मा केहि ख्याल राख्नुपर्ने देखिन्छ ।

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। आँटले काममा सफलता पनि दिलाउनेछ। बीचमा आकस्मिक खर्च बढ्नाले परिस्थितिवश अर्थ अभाव देखा पर्न सक्छ ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
नयाँ काम वा नोकरी प्राप्त हुन सक्छ। मित्रता र प्रेमको बन्धन कसिनेछ। विशिष्ट व्यक्तिहरूसँग पनि मित्रता बढ्नेछ। तारिफयोग्य काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय अनुकुल रहनुको साथै राम्रो काम गरेर नाम, दाम र इनाम हात पार्न सकिने योग छ । सामाजिक काममा समय वित्नसक्छ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द)
टाढाका साथिभाइसँग भेटभाट हुनेहुँदा हर्ष बढ्नेछ । मेहनेतले काममा सफल भइनेछ । रमाइलो यात्राको अवसर प्राप्त होला ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
परिस्थितिवश केही झमेला आइलाग्न सक्छन्। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने हुँदा गोपनीयतामा विशेष ध्यान दिनुहोला।

प्रकाशित : 10 October, 2018


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्