केपी ओली प्रचण्ड माधव नेपाल एमाले


जिम्बाब्वेविरुद्ध दक्षिण अफ्रिकाको सहज जित

सहयात्रा टिभी

काठमाण्डौं । असोज–२४, जिम्बाब्वेसँगको टी–ट्वान्टी सिरिजको पहिलो खेलमा दक्षिण अफ्रिकाले जित हात पारेको छ । मंगलबार राति भएको खेलमा घरेलु टिम दक्षिण अफ्रिकाले जिम्बाब्वेलाई ३४ रनले पराजित गरेको हो ।

दक्षिण अफ्रिकाले दिएको १६१ रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको जिम्बाब्वेले १७.२ ओभरमा सबै विकेटको क्षतिमा १२६ रन मात्रै बनाउन सक्यो ।जिम्बाब्वेका लागि पिटर मोरले ४४, ब्रान्डन माभुटाले २८ र शेन विलियम्सले २१ रन बनाए ।

दक्षिण अफ्रिकाका लागि इम्रन ताहिरले ५ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६० रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि रस्सी भान डेर डुसेनले ५६ रन बनाए । त्यस्तै, डेभिड मिल्लरले ३९ र कप्तान फाफ् डु प्लेसिसले ३४ रन बनाए ।

प्रकाशित : 10 October, 2018

प्रतिक्रिया दिनुहोस्