केपी ओली प्रचण्ड माधव नेपाल एमाले


डाक्टरले मृत घोषणा गरेको ८ घण्टापछि उठिन् बिरोदेवी

सहयात्रा टिभी

एजेन्सी । असोज–२४, भारतको गुरदासपुरको छिमेक इस्लामावादमा मृत्यु भएर अन्तिम संस्कारको तयारी गर्दै गर्दा एक महिला उठेकी छन् । डाक्टरले मृत घोषणा गरेपछि अन्तिम संस्कार गरिरहेको समयमा इस्लामाबादकी बिरोदेवी उठेर बसेकी हुन् ।

सुगरको विरामी बिरोको सोमबार अचानक सास रोकिएपछि उनलाई परिवारजनले गुरदासपुरको सिभिल अस्पताल लिएर गएका थिए । अस्पताल पु¥याएको केहि बेरमा नै डाक्टरले उनलाई मृत घोषणा गरिदिए । मृत्यु भएको बिरोदेवीलाई परिवारले घर फिर्ता लिएर आए । घर फर्काइसकेपछि परिवार अन्तिम संस्कारको तयारीमा लागे । आठ घण्टासम्म मृतकका नातेदारहरु आउने क्रम जारी रहेकाले लास उठाइएको थिएन ।
आठ घण्टासम्म उनका आफन्तहरु उनको अनुहार अन्तिम पटक हेर्न आइरहेको थिए । यही क्रममा जब एक जना नातेदार महिलाले रुँदै आफ्नो हात केही जोडले बिरोदेवीको छातिमा राखिन् तब उनको सास चल्न थाल्यो । त्यसपछि बिरोदेवी उठेर बसिन् । त्यहाँ उपस्थित सबै मानिसहरु दंग परे । केही त आतकिंत भए ।उठ्ना साथ बिरोदेवीले भनिन्,“मलाई गल्तीले लिएर गएका थिए । अर्को घरको महिलालाई लानु पर्ने मलाई लगेका छन्, म त स्वर्गको चक्कर लगाएर फर्किए ।

बिरोदेवीले दोहोराएर सास फेर्न थालेपछि उनलाई पुनः सिभिल अस्पताल लगियो । हाल पनि उनको त्यहाँ उपचार भइरहेको छ । महिला पुनः जिउँदै भएको खबरले उनको सहरमा सानो तिनो तरङ्गनै ल्याएको छ । मानिसहरु उनलाई हेर्न सिभिल अस्पताल आइरहेका छन् ।

प्रकाशित : 10 October, 2018

प्रतिक्रिया दिनुहोस्