केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेपाल दोस्रो ओभरमै १० विकेटले विजयी

सहयात्रा टिभी

काठमाण्डौं । असोज–२४, आईसीसी टि–२० विश्वकप एसिया उपक्षेत्रीय छनोट प्रतियोगितामा नेपाल १० विकेटले विजयी भएको छ ।

चीनले नेपाललाई दिएको २७ रनको लक्ष्य नेपालले १।५ ओभरमा पूरा गरेको थियो । नेपालका विनोद भण्डारीले २४ तथा प्रदीप ऐरी ४ रनमा नट आउट रहे । टस जितेर पहिला फिल्डिङ गरेको नेपालले चीनलाई १३ ओभरमा २६ रनमा अल आउट गरेको थियो ।

नेपालका सन्दीप लामिछाने र बसन्त रेग्मी र ललित नारायण राजवंंशीले समान ३–३ विकेट लिए । एक जना ब्याट्सम्यानभने रन आउट भएका थिए । चीनका होङजियान याङले सर्वाधिक ११ रन जोड्नु बाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् । दोस्रो ठूलो रन डेन्जिमाले ५ रन जोडेका थिए ।

यसैगरी चेनजिङ फिनले १ रन बनाए । चीनका अरु ब्याट्सम्यान शून्य रनमा आउट भए । ६ रन हुँदा पहिलो विकेट गुमाएको चीनले दोस्रो विकेट २१ रनमा खेर फालेको थियो । तर टिमको स्कोर २१ रननै हुँदा थप ४ विकेट गुमायो । टिमको स्कोर बोर्डमा ४ रन थप्दा चीनले सातौ विकेट गुमाएको थियो ।

त्यसपछि बाँकी एक रन जोड्दै स्कोर २६ पुग्दा चीन अल आउट भएको थियो । नेपाल एसिया उपक्षेत्रीय छनोट प्रतियोगिताको शीर्ष स्थानमा रहन अब सिंगापुरसँग प्रतिस्पर्धा गर्नुपर्ने छ । सिंगापुर अहिले दोस्रो स्थानमा छ । नेपाल र सिंगापुरले अहिलेसम्म शतप्रतिशत नतिजना निकालेका छन् ।

प्रकाशित : 10 October, 2018

प्रतिक्रिया दिनुहोस्