केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कतै तपाइँलाई क्यान्सर त लागेको छैन् ? थाहा पाइराख्नुस क्यान्सका लक्षणहरु

सहयात्रा टिभी

काठमाण्डौं । असोज–२४, क्यान्सर भन्ने वित्तिकै हाम्रो सातो जान्छ । क्यान्सर रोग छ नै त्यस्तै लागेपछि धनि वा गरिब जो कोहिको पनि ज्यान लिएरै छाड्छ । तर कतिपय अवस्थामा क्यान्सर लागेको थाहा भएमा वा सुरुको अवस्थामा नै उपचार गराउन सकिएमा क्यान्सरबाट बचेका उदाहरणहरु पनि हामी सामु प्रसस्तै छन् । त्यसैले के कस्ता लक्षणहरु देखा परेमा क्यान्सर हुनसक्छन् भन्ने कुरा हामीले समयमा नै बुझ्नु जरुरी हुन्छ ।

क्यान्सरका केहि लक्षणहरु यसप्रकार छन् ।

–शरीरमा भएका मुसाको रंगमा परिवर्तन–स्किन क्यान्सर

मेलानोमा स्किन क्यान्सर मध्ये सबैभन्दा घातक क्यान्सर मानिन्छ । यो शरीरको कुनै पनि भागमा देखिन सक्छ । तर अधिकाँशलाई खुट्टाको पछाडी, पाखुरा वा अुहारमा देखिन्छ । कतिपयलाई नङको भित्र समेत देखिन सक्छ । यो क्यान्सरको शुरुवातमा शरीरमा रहेका मुसाको रंग फेरिन्छ । मुसा ठूलो हुने, आकार बदलिने, रंग बदलिँदै जाने यस्ता संकेत हुन् । दुख्ने र चिलाउने समेत हुन सक्छ ।

निरन्तर खोकी– फोक्सोको क्यान्सर

फोक्सोको क्यान्सर धेरै नै नफैलिए सम्म अधिकाँश मानिसले चाल पाउँदैनन् । कतिपय मानिसमा भने फोक्सोको क्यान्सरका लक्षण शुरुमै देखिन्छन् । फोक्सोको क्यान्सरका मुख्य लक्षण मध्ये निरन्तर खोकी लाग्नु पनि एक हो । खोकी लाग्ने र त्यससँगै छाती दुख्ने हुन थाल्यो भने होसियारि हुनु पर्छ । लामो श्वास लिँदा वा हाँस्दा समेत छाति दुख्नु खतरनाक लक्षण हो ।

मुख भित्र सन्चो नहुने घाउ – विभिन्न प्रकारका क्यान्सर

अमेरिकी क्यान्सर उपचार केन्द्रका अनुसार मुख भित्र घाउ देखिनु र सन्चो नहुने भयो भने क्यान्सरको लक्षण हुन सक्छ । यसलाई मुखको क्यान्सर भनिन्छ । मुखको क्यान्सर भएपछि मुख भित्र भएका साना साना घाउ हप्तौं वा महिनौं सम्म सन्चो हुँदैनन् । दुखाइ नभएपनि यस्तो घाउ रहिरहने समस्या क्यान्सरको लक्षण हो ।

– रहस्यमय रुपमा वजन घट्नुः धेरै प्रकारका क्यान्सर

अधिकाँश क्यान्सरको साझा लक्षण मानिन्छ वजन घट्नु । यदि शरीरमा रहस्यमयरुपमा वजन घटिरहेको छ भने यो विभिन्न क्यान्सरको लक्षण हुन सक्छ।अमेरिकी क्यान्सर सोसाइटीका अनुसार वजन घट्नुको कारण खुल्न सकेन भने यो क्यान्सरको लक्षण हुन सक्छ ।

–पिसावमा रगत– प्रोष्टेट क्यान्सर

पिसाव गर्दा अनपेक्षितरुपमा पोल्ने र थोरै थोरै पिसाव आइरहने जस्ता लक्षण तपाइँलाई प्रोष्टेटमा समस्या भएका संकेत हुन सक्छन् । पिसाव गर्दा रगत देखिनु वा दुखाइ हुनु पनि यस्तो लक्षण हुन सक्छ ।

–दिसारपिसावमा रगत–मलदद्वार क्यान्सर

दिशा वा पिसावमा रगत देखिनु खतरनाक हो । खासगरी दिशामा रगत देखियो भने यसले तपाइँको ठूलो आन्द्राको अन्तिम भाग वा गुदद्वारमा क्यान्सर भएको हुन सक्ने संकेत दिन्छ । पिसावमा रगत देखियो भने चाँहि प्रोष्टेट क्यान्सरको लक्षण पनि हुन सक्छ ।

–रहस्यमय दुखाइ– धेरै प्रकारका क्यान्सर

शरीरमा असामान्य अवस्था आउँदा दुखाइ हुनु सामान्य विषय हो । तर शरीरको कुनै पनि भागमा विनाकारण दुखाइ महसुस हुन थाल्यो भने होस् गर्नुस् यो क्यान्सरको लक्षण हुन सक्छ । ब्रेन ट्युमर हुनेलाई टाउको दुख्ने, कोलोन क्यान्सर हुनेलाई ढाड दुख्ने र पाठेघर वा गुदद्वारको क्यान्सर हुनेलाई पनि पछाडीको भागमा दुखाइ हुन सक्छ ।

–दिसामा रगत, दुखाइ–आन्द्राको क्यान्सर

दिशामा रगत देखिने र दिसा लाग्ने समय परिवर्तन भएको भयै हुनु पनि राम्रो संकेत होइन । यसले पनि तपाइँको सानो आन्द्रामा क्यान्सर भएको संकेत गर्छ । दिशा गर्दा दुख्ने वा रगत देखिनु निक्कै घातक मानिन्छ । यस्तो समस्या अधिकाँशलाई ६० वर्षको उमेरपछि मात्र देखिन्छ ।

प्रकाशित : 10 October, 2018

प्रतिक्रिया दिनुहोस्