केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आजदेखि ‘छक्का पञ्जा ३’, हेर्ने हैन त ?

सहयात्रा टिभी

काठमाण्डौं । असोज–२४, यो बर्षकै प्रतिक्षित चलचित्र ‘छक्का पञ्जा ३’ आजबाट प्रदर्शनमा आएको छ । दशैंको छेको पारेर यो चलचित्र आज घटस्थापनाको दिनबाट प्रदर्शनमा आएको हो ।

‘छक्का पन्जा’ सिरिजका दुई चलचित्रको सफलता पछि अहिले ‘छक्का पन्जा ३’ ल्याइएको हो । अघिल्ला दुई श्रृंखलाले बक्सअफिसमा सर्वाधिक ब्यवसायको रेकर्ड बनाएका थिए ।

‘छक्का पञ्जा ३’ले पनि रेकर्ड बनाउने निर्माण युनिटले दाबी गरेको छ । रिलिजका लागि आज सर्वाधिक हल पाएको यो चलचित्रले मल्टिप्लेक्समा समेत अत्याधिक सोज पाएको छ । सबैभन्दा ठूलो क्युएफएक्स च्यानलमा मात्र चलचित्रको लागि ३० सोज दिइएको छ ।

चलचित्र देशभरका १ सय ४५ भन्दा बढी हलहरुमा प्रदर्शन हुदैँछ । चलचित्रको केही दिन पहिले बुकिङ खुल्ला गरिएको थियो ।

नेपालको शैक्षिक अवस्थाको कथाबस्तुमा बनाईएको चलचित्रमा कमेडी र कन्टेन्टको समानान्तर मिश्रण छ । चलचित्रमा कमेडीसँगै कन्टेन्टलाई पनि ध्यान दिईएको निर्मातामध्येका एक दीपक राज गिरीको भनाई छ ।

चलचित्र दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् । चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, शिवहरि पौडेल,दीपिका प्रसाईलगायतको मुख्य भुमिका रहेको छ, भने अतिथि भुमिकामा प्रियंका कार्की, स्वस्तिमा खड्का, बर्षा राउत लगायत रहेका छन् ।

प्रकाशित : 10 October, 2018

प्रतिक्रिया दिनुहोस्