आजको राशिफल
काठमाण्डौं । असोज–२५,
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
प्रेम सम्बन्ध कसिलो हुनेछ । मन मिल्ने साथीसँग भेट हुने सम्भावना छ । कामको माध्यमबाट यात्रा गर्ने अवसर प्राप्त होला ।
बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मेहनतले काम, दाम र नाम दिलाउनेछ । पहिलेका सफलताले हौसला मिल्नेछ । मेहनत गर्नाले काममा सफल भइनेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह)
जिम्मेवारी थपिनेछ । अध्ययनमा मन जानेछ । यात्राको अवसर प्राप्त होला । साथीभाईहरुसँगको रमाइलो भेटघाटमा सामेल भइनेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
परिस्थिति अनुकुल नै रहने छ । मौकाको फाइदा उठाउनेहरुबाट सतर्क रहनु होला । गोप्य योजनाहरु गोप्य नै राख्नु उपयुक्त हुनेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
मिहिनेतले दिगो काममा अग्रसर गराउन सक्छ। वैदेशिक क्षेत्रबाट राम्रो आम्दानि हुने योग छ । दिन सामान्य नै रहनेछ ।
कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
विभिन्न अवसरहरु प्राप्त हुनेछन् । परिस्थिति अनुकुल रहनेछ । तर्क गर्ने शक्तिमा वृद्धि हुने छ । शिक्षा क्षेत्रमा राम्रो नतिजा देखिएको छ ।
तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते )
आफ्नो तारिफ सुन्न पाइनेछ । काममा सफल हुनुको साथै कामको माध्यमबाट सम्मान समेत प्राप्त गर्न सकिनेछ । यात्राको अवसर प्राप्त होला । स्वास्थ्यमा केहि ख्याल राख्नु पर्ने देखिन्छ ।
बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु)
परिस्थिति केहि प्रतिकुल रहन सक्छ । खर्चमा वृद्धि हुने योग छ । आर्थिक सङ्कट देखिन सक्छ । साँझसम्ममा समस्या समाधान हुँदै जानेछ । धैर्यधारणमा नै सफलता छ ।
धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पुरुषार्थद्वारा उपलब्धि हातपार्ने मौका छ। नयाँ काम वा नोकरी प्राप्त हुन सक्छ। मित्रता र प्रेमको बन्धन कसिनेछ। विशिष्ट व्यक्तिहरूसँग पनि मित्रता बढ्नेछ। तारिफयोग्य काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ।
मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मिहिनेत गरेर नाम र दाम हात पार्न सफल भइनेछ। समुदायको हक हितको संरक्षण गर्न सकिनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन कसिन सक्छ। विशेष व्यक्तिसँग भेटघाट हुनेछ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द)
चिताएको काम बन्नेछ । साथीभाईहरुसँगको सम्बन्धमा कसिलो पना आउनेछ । दाजुभाईबाट साथ र सहयोग प्राप्त हुने योग छ । अध्ययनमा मन जानेछ । वैदेशिक क्षेत्रमा राम्रो आम्दानि हुने योग छ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
स्वास्थ्यको ख्याल राख्नुहोला । मिष्ठान्न भोजनको योग छ । पेटको समस्या देखिन सक्ने हुँदा खानपानमा विशेष ध्यान दिनुहोला । चिताएको काम बन्ने योग छ ।