पत्नीपीडित १ सय पुरुषले गरे जिवित पत्नीको पिण्डदान

सहयात्रा टिभी

एजेन्सी । असोज–२५, सोह्रश्राद्धमा मृत्यु भइसकेका पितृहरुको श्राद्ध गरि पिण्डदान गर्ने गरिन्छ । तर भारतमा १ सय पुरुषले आफ्ना जिवित श्रीमतीहरुको श्राद्ध गरेका छन् । आफ्ना पत्निहरुबाट पिडित रहेकाले पत्निहरुबाट छुटकारा पाउन उनीहरुले जिवित श्रीमतीको पिण्डदान गरेका हुन् ।

गत आइतबार बिहान पूरा विधि विधानका साथ जिवित पत्नीहरुको पिण्डदानको कार्यक्रम भएको थियो । श्राद्धको विधि विधान सहित उनीहरुले जिवित पत्नीहरुको पिण्डदान गरे । पिण्डदानको मन्त्रोच्चारणका लागि पण्डितहरु बोलाइएका थिए । पिण्डदान पछि पिण्डलाई गोदावरी नदीमा बगाइएको थियो ।

समाचार अनुसार श्रीमतीहरुको अत्याचारको विरुद्धमा आवाज उठाउने यी सबै पुरुषहरु एक संस्थासँग आबद्ध छन् । उक्त संस्थाले पत्नीपीडित पुरुषहरुको हीतमा काम गर्दछ ।

जिवित पत्नीको पिण्डदान गर्ने पुरुषहरुले आफुहरुको समस्या समाधानका लागि विशेष पुरुष आयोग गठन गर्न सरकारसँग माग गरेका छन् ।

प्रकाशित : 11 October, 2018

प्रतिक्रिया दिनुहोस्