के ग्यास्टिकको समस्या छ ? अपनाउनुस् यी उपाय

सहयात्रा टिभी

काठमाण्डौं । असोज–२५, ग्यास्टिक आजभोली नेपालीहरुमा मौलाउँदै गएको समस्या हो । काम व्यस्तता र खानामा गरिने लापरवाहिले गर्दा अधिकांश मानिसहरु ग्यास्टिकको शिकार बनिरहेका छन् ।

ग्यास्टिकले सताएको छ भने यस्ता उपाय अपनाउनुस् :

–खाना समयमा खाने : ग्यास्ट्रिक भएकाहरूले सकेसम्म प्रत्येक दुई घन्टाको फरकमा खाना खाने । लामो समय केही नखाँदा पेटमा हावा भरिएर यसले समस्या उत्पन्न गर्छ ।

–प्रशस्त पानी पिउने : लगातार पानी पिउँदा पेटमा ग्यास जम्मा हुन पाउँदैन र जिउमा समेत पानीको सन्तुलन कायम राख्छ । तर पानीको सट्टा कोक, फेन्टाजस्ता कोल्ड ड्रि«ङ्कको प्रयोग गर्नुहुँदैन । यसले पेटमा ग्यास बढाउँछ ।

–कागती पानी : पेटमा धेरै ग्यास भएको अवस्थामा कागती पानी पिउने । यसले ग्यास हटाउने काम गर्छ र पेट फुल्न दिँदैन । खाली पेटमा कागती पानी खानाले पेटमा ग्यास कम हुन्छ ।

–कार्बोहाइड्रेट कम खाने : पेटमा ग्यास जमेर पचाउन गाह्रो पर्ने भएकाले बियर, वाइन, मकै, राजमा, बन्दा, प्याजजस्ता खानेकुराबाट टाढै बस्नु उपयुक्त हुन्छ ।

–दूध नपिउने : ग्यास्ट्रिक भएकालाई दूधले फाइदा गर्दैन । पचाउन गाह्रो पर्ने भएकाले दूध नखानु नै बेस हुन्छ । यसको सट्टा दही र अन्य दूधबाट बनेको परिकार खानु राम्रो हुन्छ ।

–लसुन पानी : बिहान उठ्नासाथ दुई–तीन पोटी लसुन पानीसँग निल्ने हो भने ग्यास्ट्रिक भएकाहरूलाई फाइदा गर्छ । उच्च रक्तचाप भएकाहरूलाई समेत यसले फाइदा गर्छ ।

प्रकाशित : 11 October, 2018

प्रतिक्रिया दिनुहोस्