केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आजको राशिफल

सहयात्रा टिभी

काठमाण्डौं । असोज–२६,
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मेहनेतले गर्दा बिग्रिएको काम बन्ने योग छ । साथिभाईको सहयोग मिल्नेछ । स्वास्थ्यमा केहि समस्या देखिन सक्छ । खानपानमा ध्यान दिनुपर्ला । सन्तानबाट खुसीको खबर मिल्नेछ ।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आम्दानि बढ्नेछ । मेहनेतले इनाम बढ्नुको साथै इज्जत र प्रतिष्ठामा समेत वृद्धि हुने योग छ । वैदेशिक यात्राको अवसर प्राप्त हुनेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह )
चिताएको काम बन्नेछ । रमाइलो यात्रामा सामेल हुनुको साथै मनमा हर्ष र उमङ्ग बढ्नेछ । मिष्ठान्न भोजनको सेवन गर्न पाइएला ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
दिगो फाइदा हुने काममा हात हाल्न सकिनेछ । अवसरवादिहरुबाट सतर्क रहनु होला । परिवारमा समझदारी कायम गर्ने प्रयास गर्नुहोला । पारिवारिक असमझदारीले काममा बाधा निम्त्याउन सक्छ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
मुल्यवान बस्तु हात लाग्न सक्छ । अध्ययनमा मन जानेछ । स्वास्थ्यमा केहि समस्या देखिन सक्छ । खानपानमा ध्यान दिनुहोला । धैर्य धारण गर्नाले सफलता मिल्नेछ ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
व्यापार व्यवसायमा राम्रो आम्दानि हुनेछ । आयस्रोत बढ्नुको साथै केहि खर्च समेत हुने योग छ । पुनारा मित्रहरुसँगको भेटले मनमा हर्ष छाउनेछ । प्रेम सम्बन्धमा केहि बाधा देखिएकोछ ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आफन्तहरुसँग टाढिनु पर्ने हुन सक्छ । आफन्तसँग टाढा भएपनि शुभचिन्तकहरुको साथ भने प्राप्त हुनेछ । शिक्षा क्षेत्रमा राम्रो नतिजा देखिनुको साथै अध्ययनमा मन जानेछ ।

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
खुसीको खबर सुन्न पाइनेछ । परिस्थिति अनुकुल बन्दै जानेछ । चिताएको काम बन्नले मनमा हर्ष छाउनेछ ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
काम र मेहनेतले लोकप्रियता बढ्नेछ । आफ्नो प्रशंसा सुन्न पाइनेछ । नाता जोड्दै आउनेहरुसँग सतर्क रहनुहोला । शुभचिन्तकहरुको साथले सफलता मिल्दै जाने योगछ ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि )
छुटेका साथीहरुसँग भेटघाट हुने योग छ । विशिष्ट व्यक्हिरुसँग पनि भेट हुनेछ । दिगो फाइदा हुने काममा हात हाल्न सकिने छ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द)
परिस्थितिले संघर्षको पथमा हिँडाए पनि मिहिनेतले स्थितिमा सुधार ल्याउनेछ। शुभचिन्तकहरूको सहयोग जुट्नाले आँटेको काम बन्नेछ। रमाइलो यात्राका बीचमा आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि )
आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने हुँदा गोपनीयतामा विशेष ध्यान दिनुहोला। शुभचिन्तकहरूको साथ जुट्नाले चिताएको काम बन्नेछ। प्रतिस्पर्धामा उत्रनुपरे पनि विभिन्न अवसर प्राप्त भइरहनेछन्।

प्रकाशित : 12 October, 2018

प्रतिक्रिया दिनुहोस्