केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अर्जेन्टिनाद्धारा इराक ४–०ले पराजित

सहयात्रा टिभी

एजेन्सी । असोज–२६, लियोनल मेसी, सर्जियो अग्युरो, गोन्जालो हेगुइन जस्ता स्टार खेलाडी विना मैदान उत्रिएकोे अर्जेन्टिनाले इराकविरुद्ध शानदार जित निकालेको छ ।

बिहीबार राति भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले इराकलाई ४-० ले हराएको हो ।अर्जेन्टिनालाई २१ वर्षीय लाउतारो मार्टिनेजले शुरुआती अग्रता दिलाएका थिए ।

राष्ट्रिय टिमका लागि उनको यो पहिलो गोल हो । थप गोल पाउलो डिबाला, जर्मन पजेला र फ्रान्को सेर्भीले गरे । इराकविरुद्ध अर्जेन्टिनाका अधिकांश युवा खेलाडीहरु मैदान उत्रिएका थिए ।

प्रकाशित : 12 October, 2018

प्रतिक्रिया दिनुहोस्