कैदीको रिहाइसँगै महिला प्रहरीको राजिनामा, के थियो त कैदीसँगको सम्बन्ध ?

सहयात्रा टिभी

एजेन्सी । असोज–२६, स्कटल्याण्डमा एक कैदीको रिहाइसँगै एक महिला प्रहरीले जागिरबाट राजिनामा दिएकी छन् । ३१ सालसम्म कैद सजाय भुक्तान गरेर जेलमुक्त भएका ती कैदीसँग २४ वर्षीया ती महिलाको प्रेम सम्बन्ध हुन सक्ने आशंका गरिएको छ ।

उक्त कैदीसँग नै ती महिलाले घुमफिर गरिरहेको त्यहाँमा मिडियाहरुले उल्लेख गरेका छन् । त्यहाँको कारागारले ती महिला प्रहरीको बारेमा जानकारी दिन इन्कार गरेको छ । कसैको निजी जीवनमा कसैले पनि बाधा पु¥याउन नमिल्ने त्यहाँको प्रशासनले जनाएको छ ।

कैदीको रिहाइ र महिला प्रहरीले सँगै जागिर छोड्नु नयाँ रहस्य भएको छ । ती महिला प्रहरी डिउटीमा भएकै बेला उनीहरुबीच मायाप्रेम बढेको हो ।

प्रकाशित : 12 October, 2018

प्रतिक्रिया दिनुहोस्