लिङ्ग परिवर्तन गरेर विवाह गरेका जोडि डिभोर्स माग्दै
सहयात्रा टिभी
एजेन्सी । असोज–२६, पाँच वर्ष अघि लिङ्ग परिवर्तन गरेर विवाह गरेका एक जोडिले डिभोर्स माग्दै अदालत पुगेका छन् । भारतको हरियाणा राज्यमा एक युवतीले लिङ्ग परिवर्तन गरेर पुरुष बनि विवाह गरेका दुई युवतीहरु बिहिबार जिल्ला महिला एवम् बाल संरक्षक अधिकारी कार्यालय पुगेर डिभोर्स मागेका हुन् ।
ती दुवै युवतीहरु साथी थिए । दुइजना मध्ये एक जनाले लिङ्ग परिवर्तन गरि पाँच वर्ष अघि विवाह गरेका थिए । उनीहरुले विवाहपछि अढाइ वर्षको एक बालकलाई छोरोको रुपमा समेत अपनाएका थिए ।
पतिपत्नि बनेर बस्दै आएका दुवै युवतीहरु आर्थिक आम्दानि हुने काममा भने त्यति सक्रिय थिएनन् । आम्दानिको बाटो नभएपछि आर्थिक संकट उत्पन्न भयो, जसले उनीहरुविचमा मतभेद बढ्दै गइ अन्त्यमा डिभोर्ससम्म कुरा आइपुग्यो । निवेदन परेपछि दुवै पक्षलाई कार्यालयमा बोलाइएको छ। उनीहरुसँग छलफल गरेर निर्णय गरिनेछ ।