नवरात्रको पाँचौं दिन, आज स्कन्दमाताको पूजा गरिँदै

काठमाण्डौं । असोज–२८, नवरात्रको पाँचौ दिन आइतबार भगवती दुर्गाको पाँचौ रुप स्कन्दमाताको पूजाआराधना गरिँदै छ । भगवान स्कन्द ‘कुमार कार्तिकेय’की माता भएकाले पनि यिनलाई स्कनदमाता भनिएको धार्मिक ग्रन्थमा उल्लेख छ ।
स्कन्दमाताको वाहन सिंह हो भने उनलाई भगवान शिवकी पत्नीका रुपमा लिइन्छ । उनलाई पद्मासना देवी पनि भनिन्छ । हिन्दूहरुकी देवी शक्तिरुपा नवदुर्गाका नौवटा स्वरुप छन् । जसलाई नवरात्रभर हरेक दिन फरक–फरक स्वरुपमा पूजा आराधना गरिन्छ ।