नेदरल्यान्ड्सद्धारा जर्मनी ३–० गोलले पराजित

एजेन्सी । असोज–२८, युईएफए नेसन्स लिग फुटबलमा जर्मनीले नेदरल्याण्डसँग ३–० गोलको लज्जास्पद हार ब्यहोरेको छ । आइतबार विहान नेसन्स लिग फुटबलअन्तर्गत समूह ए वानको खेलमा जर्मनीले नेदरल्यान्ड्ससँग पराजित हुदै महत्वपूर्ण तीन अंक गुमाएको हो ।
नेदरल्यान्ड्सको जितमा जोडी भर्जिल, भान डिजिक र जर्जिन्हो विजनाल्डमले गोल गरे । ६० प्रतिशत बल नियन्त्रणमा राखेपनि जर्मनीले गोल गर्न भने सकेन । खेलको ३० औं मिनेटमा भान डिजिकले गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाएका थिए ।
पहिलो हाफमा १–० गोलले अग्रता बनाएको नेदरल्यान्ड्सले दोस्रो हाफमा थप २ गोल गर्न सफल भयो । खेलको ८६ औ मिनेटमा डिपेले गोल २–० गोलको अग्रता दिलाएका थिए । खेलको अतिरिक्त समयमा जर्जिन्होले गोल गर्दै जर्मनीविरुद्ध नेदल्यान्ड्सलाई ३–० गोलको जित दिलाएका हुन् ।