केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अक्षयले विरोध गरेपछि साजिदले छाडे ‘हाउसफुल ४’

सहयात्रा टिभी

काठमाण्डौं । असोज–२८, यौन शोषणको सामना गरिरहेका निर्देशक साजिद खानले फिल्म ‘हाउसफुल ४’ छाडेका छन् । एक स्टेटमेन्ट जारी गर्दै उनले निर्देशन छाड्न प्रेसर आएको बताएका छन् । हालै यस विषयलाई लिएर अक्षय कुमारको बयान बाहिर आएको थियो । उनले यौन शोषणको आरोप लागेको व्यक्तिसँग काम नगर्ने बताएका थिए ।

साजिदले ट्विट गर्दै भनेका छन्, ‘मेरो विरुद्ध लागेको आरोप र मेरो परिवार, मेरा निर्माता र ‘हाउसफुल ४’ का स्टार्सद्वारा ममाथि बनाइएको प्रेसरपछि यो मेरो नैतिक जिम्मेवारी बन्छ कि फिल्मको निर्देशन पोस्ट छाडुँ ।’ उनले आफूलाई निर्दोष साबित गरेरै छाड्ने बताएका छन् ।

यस मामलामा बोल्दै अक्षयले एक बयान जारी गरेका छन् । उनले लेखेका छन्, ‘मैले निर्मातालाई रिक्वेस्ट गरेको थिएँ कि फिल्म ‘हाउसफुल ४’ को छायांकन तबसम्म रोकौं जबसम्म यो मामलाको जाँच पूरा हुँदैन । यो एक यस्तो मामला हो, जसमाथि सिधै एक्सन लिनुपर्छ । म कुनै पनि यस्ता व्यक्तिसँग काम गर्न चाहन्नँ, जो कुनै पनि प्रकारको शोषणमा सामेल भएको होस्’ उनले थपे, ‘पीडितलाई न्याय मिल्नुपर्छ ।’ अभिनेत्री सलोनी चोपडा, अभिनेत्री रचेल ह्वाइट र चर्चित जर्नलिस्ट करिश्माले फिल्म मेकर साजिद खानमाथि यौन शोषणको आरोप लगाएका छन् ।

प्रकाशित : 14 October, 2018

प्रतिक्रिया दिनुहोस्