डुलन्ते विवाह गर्ने जातिः जहाँ महिलाको साम्राज्य चल्छ

सहयात्रा टिभी

एजेन्सी । असोज–२८, चीनको दक्षिण पश्चिम क्षेत्रमा बसोबास गर्ने एक आदिवासी समुदायका मानिसहरु डुलुवा विवाह गर्छन् । मूसो नामक उक्त आदिवासी समुदायमा प्रचलित विवाहलाई वाकिंग म्यारिज वा डुलुवा बिहे भनिन्छ ।

यस प्रकारको विवाहमा महिला र पुरुष जो कोही पनि सम्बन्ध गाँस्न र छुट्टिन स्वतन्त्र हुन्छन्  । यो विवाहमा मुख्य भूमिका महिलाको हुन्छ । समाज नारी प्रधान हुन्छ । आफ्नो लागि पुरुष छनोट गर्ने तथा महत्वपूर्ण फैसला गर्ने अधिकार महिलासँग रहन्छ । यतिमात्र होइन महिलाहरुलाई एकभन्दा धेरै पुरुष साथी बनाउने स्वतन्त्रता पनि हुनछ । १३ वर्षकी किशोरीलाई कुनै पनि पुरुषसँग प्रेम गर्ने अधिकार हुन्छ ।

मुसो जातिका पुरुषहरु दिनभर महिलासँग बस्दैनन् । पूरै दिन माछा मार्ने, शिकार गर्ने तथा अन्य काममा व्यस्त हुन्छन् । रातमा मात्र महिलासँग हुन्छन् । छोरीचेलीहरु बालिग भएसँगै छुट्टै कोठा दिइन्छ । जहाँ उनी आफूलाई मनपर्ने केटासँग रात बिताउन पाउँछन् । यो सम्बन्धमा पुरुषहरु महिलाका कुनै पनि खाले आर्थिक सहायता गर्दैनन् । बच्चा जन्मिँदा पनि त्यसको पूरै जिम्मेवारी आमा र उनका परिवारमा रहन्छ ।

प्रकाशित : 14 October, 2018

प्रतिक्रिया दिनुहोस्