केपी ओली प्रचण्ड माधव नेपाल एमाले


इटालीको संघर्षपूर्ण जितमा क्रिष्टियानोको गोल

सहयात्रा टिभी

एजेन्सी । असोज–२९, युएईएफए नेसन्स लिग फुटबलमा इटालीले पोल्यान्डमाथि जित हात पारेको छ । युएईएफए नेसन्स लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा इटालीले पोल्याण्डलाई १-० ले हराएको हो ।

पोल्यान्डलाई पराजित गर्न इटालीलाई निकै मुस्किल भएको थियो । इटालीलाई जित दिलाउन क्रिष्टियानो बिराघीले गोल गरेका थिए ।पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको इन्जुरी समयमा बिराघीले गोल गरेका थिए।

बिराघीले इन्जुरी समयको दोस्रो मिनेटमा गोल गर्दै इटालीलाई कठिन जित दिलाए।यो जितसँगै इटालीले लिगमा पहिलो जित निकालेको छ। लिग ‘ए’ समूह ३ मा इटालीले ३ खेलबाट ४ अंक जोडेसँगै दोस्रो स्थानमा छ ।

प्रकाशित : 15 October, 2018

प्रतिक्रिया दिनुहोस्