केपी ओली प्रचण्ड माधव नेपाल एमाले


दशैं अनि चङ्गा, बच्चादेखि युवासम्मको उमङ्ग

सहयात्रा टिभी

काठमाण्डौं । असोज–३१, असोज कात्तिक सरद ऋतु, जतिबेला न गर्मी हुन्छ न जाडो, न हावाको बहाब बढि हुन्छ न कम, न त कुहिरो लाग्छ न त चर्किँदो घाम नै त्यसैत्यसै उमङ्ग र हर्ष जगाउने यो मौसममा दशैँ र तिहार पर्वले उत्साह अझ थपेर ल्याउँछ ।

यस समयको नयाँ लुगा, घरको सरसफाइ र सजावट, चोक चोकमा लिङ्गे पिङ, टाढा टाढा गएका गाउँले र आफन्तहरुको आगमनले साना बालबालिका मात्र होइन ठूला मानिसहरु पनि उत्साहित नै देखिन्छन् । यसका साथसाथै दशैँतिहारको विशेषतामा चङ्गा उडाउने प्रचलन पनि छ । सरद ऋतुको यो मौसममा चङ्गा उठाउन अति उपयुक्त मौसम हुनेहुँदा दशैँ र तिहारमा सानासाना बालबालिकादेखि युवा वर्ग समते उत्साहका साथ चङ्गा उडाउने गरेको पाइन्छ । आकाशको माथिमाथि सम्म उडिरहेका रङ्गिविरङ्गि चङ्गाहरुबाट मनमोहित नहुने सायदै कोहि होलान् ।

दशैँतिहारमा चङ्गा उडाउने प्रचलन कहिलेबाट सुरु भयो भन्ने यकिन तथ्य त पत्ता लागेको छैन् तर बुढापाकाहरुको भनाइ अनुसार नेपालमा दशैँतिहारमा चङ्गा उडाउने प्रचलन निकै पुरानो हो । दशैंमा चङ्गा उडाउने प्रचलनको कारणबारे खोतल्दै जाँदा यो धार्मिक आस्थासँग जोडिएको पाइन्छ । वषर र सहकालका देवता इन्द्रसमक्ष खेतीबालीको लागि हामीलाई पानी पुग्यो भन्ने सन्देश पुर्याउन चङ्गा उडाउने प्रचलन सुरु भएको जनविश्वास रहेको छ ।

दशैंमा चङ्गा उडाइनुको अर्को प्रमुख कारण भनेको मौसम पनि हो । शरद ऋतुमा पर्ने दशैं आसपासको समयमा आकाश खुल्ला र सफा हुन्छ ।

चङ्गा उडाउनको लागि मन्द हावाको बहाव उपयुक्त हुन्छ । दशैंतामा झरि पर्ने वा हुस्सु लाग्ने गर्दैन त्यसैले चङ्गा उडाउन उपयुक्त हुन्छ । यतिखेर चैतबैशाखमा जस्तो हावाको बहाव पनि धेरै हुँदैन र चङ्गा सन्तुलित हुन्छ । त्यस्तै दशैंमा स्कूल कलेजहरु धेरै दिन बिदा हुनाले पनि केटाकेटीहरुलाई पढाईलेखाईको चाप हुँदैन ।

प्रकाशित : 17 October, 2018

प्रतिक्रिया दिनुहोस्