क्रोएसियाका पूर्व प्रधानमन्त्री सानाडरलाई पदको दुरुपयोग गरी राज्यकोषबाट युद्ध अपराध गरेको आरोप

सहयात्रा टिभी

काठमाण्डौँ । कात्तिक–६, क्रोएसियाका पूर्व प्रधानमन्त्री इभो सानाडरलाई पदको दुरुपयोग गर्दै राज्यकोषबाट युद्ध अपराध गरेको ठहर गरिएको छ । युद्धका समय पदको दुरुपयोग गर्दै राज्यकोषबाट अनियमितता गरेको ठहर गर्दै क्रोएसियाको एउटा अदालतले सजाय दिनुपर्ने फैसला सोमबार गरेको छ । पूर्व प्रधानमन्त्री सानाडरले सन् १९९० को दशकमा युद्धका नाममा राज्यको श्रोत साधनको दुरुपयोग गरेको आरोप लगाइएको छ ।

अदालतले उनलाई साढे दुई वर्ष जेल सजाय र पाँच लाख युरो जरिवाना समेत तिराउनु पर्ने फैसला सुनाएको हो । तर पूर्व प्रधानमन्त्री सानाडरले भने जेल सजाय अस्विकार गरेका छन् । उनले सोही आरोपमा यसअघि नै जेल सजाय भुक्तान गरेको दाबी गर्दै फैसलाको पुनरावलोकनका लागि निवेदन दिने बताउदै आएका छन्

प्रकाशित : 23 October, 2018

प्रतिक्रिया दिनुहोस्