आफूविरुद्ध लागेको बलात्कारको अभियोग गलत : रोनाल्डो

सहयात्रा टिभी

काठमाण्डौँ । कात्तिक–६, चर्चित फुटबल खेलाडी क्रिष्टियानो रोनाल्डोले आफूविरुद्ध लगाइएको बलात्कारविरुद्ध मुख खोलेका छन् । ‘युभेण्टस न्युज कन्फेरेन्स’मा बोल्दै रोनाल्डोले आफूविरुद्ध लागाइएको बलात्कारको आरोप अस्विकार गर्दै सत्य चाँडै बाहिरिने र सो आरोपको खण्डन गरेका हुन् । आफूविरुद्ध लगाइएको बलात्कारको आरोप सत्य नहुनेमा आफ्ना वकील ढुक्क रहेको पनि उनले दाबी गरेका छन् । ३४ वर्षकी काथ्र्यान मायोर्गाले रोनाल्डोले आफूलाई लस भेगस होटलमा सन् १९९० मा बलात्कार गरेको आरोप लगाएकी छन् ।

‘म राम्रो क्लबमा खेलिरहेको छु । मेरो परिवार राम्रो छ । मेरा चारजना छोराछोरी रहेका छन् र म स्वस्थ छु । मसँग सबैथोक छ, त्यसैले अरुले मलाई हस्तक्षेप गर्न सक्दैन्, न्युज कन्फेरेन्समा रोनाल्डोले भनेका छन्, ‘फुटबल खेलाडीको रुपमा मैले जीवनमा रमाइलो गरिरहेको छु । मैले केही कुरामा ढाँट्नु छैन । मेरा वकील कन्फिडेन्ट छन् र म पनि ।’

जर्मनीको साप्ताहिक पत्रिका ‘देर स्पिगर’ले सन् २०१७ मा सबैभन्दा पहिला रोनाल्डोको बलात्कारकाण्डको समाचार छापेको थियो जहाँ मायोर्गाले लस भेगसको प्रहरीमा रोनाल्डोले आफुलाई बलात्कार गरेको उजुरी दिएको कुरा उल्लेख गरिएको थियो ।

पत्रिकाका साप्ताहिकका अनुसार सन् २०१० मा रोनाल्डोले त्यो काण्ड सार्वजनिक नगर्न भन्दै ती महिलालाई ३ लाख ७५ हजार अमेरिकी डलर दिएका थिए । ती महिलाका वकिलले अहिले पैसा लेनदेनको सहमति बारेको रिपोर्ट खोजिरहेको खबरमा उल्लेख छ ।

लस भेगसको प्रहरीले सन् २००९ को जुनमा घटनाको अनुसन्धान गरेको तर घटनाबारे तथ्य फेला नपरेको बताएको थियो । प्रहरीले यो महिना फेरि त्यो घटनाको अनुसन्धान गर्ने भएको छ ।

प्रकाशित : 23 October, 2018

प्रतिक्रिया दिनुहोस्